ओलिभर जिरुले निर्णायक गोल गरेपछि जोगियो फ्रान्स

ओलिभर गिरोडले निर्णायक गोल गरेपछि युरोकप छनोटमा फ्रान्सले मोल्डोभामाथि कठिन जित निकालेको छ । पेरिसमा बिहीबार राति भएको खेलमा फ्रान्सले माल्डोलाई २–१ गोलले हरायो ।
घरेलु टोलीविरुद्ध मोल्डोभाले खेलको नवौं मिनेटमै अग्रता लिएको थियो । मोल्डोभोका भादिम राताले सुरुवाती गोल गरे । त्यसपछि जोसिएको फ्रान्सले ३५औं मिनेटमा बराबरी गोल फर्कायो । राफेल भरानेले गोल गर्दै खेललाई बराबरीमा ल्याए । ७९औं मिनेटमा ओलिभर गिरोडले पेनाल्टीमा निर्णायक गोल गर्दै फ्रान्सलाई जित दिलाए । जितसँगै समूह ‘एच’ मा रहेको फ्रान्सले नौ खेलबाट २२ अंक बनाएको छ ।
फ्रान्स शीर्ष स्थानमा छ । तीन अंक बनाएको मोल्डोभा समूहको अन्तिममा छ । यही समहको अर्को खेलमा टर्की र आईसल्यान्डले गोल रहित बराबरी खेल्दै अंक बाँडे । अर्को खेलमा अल्वानिया र एन्डोराले पनि २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । बराबरीसँगै २० अंक बनाएको टर्की दोस्रो स्थानमा छ । १६ अंक बनाएको आईसल्यान्ड तेस्रो, १३ अंक बनाएको अल्वानिया चौथो र चार अंक बनाएको एन्डोरा पाँचौं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाटन क्याम्पसमा तत्काल स्ववियु निर्वाचन गर्न अदालतकाे आदेश
-
उपाध्यक्षलाई नदिएर वडाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी
-
नबिल बैंकले ल्यायो ‘नबिल दिगो बचत खाता’
-
चक्रपथको दोस्रो खण्डअन्तर्गत कलंकी–महाराजगञ्ज विस्तार गर्न चिनियाँ टोली आउँदै
-
शिक्षकका मागबारे सम्बन्धित मन्त्री र सचिवसँग प्रधानमन्त्रीले गरे छलफल
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान माग