केनको ह्याट्रिकसँगै इङ्ल्यान्ड युरोकपमा छनोट

एजेन्सी । कप्तान ह्यारी केनले ह्याट्रिकसँगै मोन्टेनेग्रोमाथि गोल वर्षा गरेको इङ्ल्यान्ड सन् २०२० को युरोकप फुटबलमा छनोट भएको छ । घरेलु मैदान वेम्वली स्टेडियममा बिहीबार राति भएको खेलमा इङ्ल्यान्डले मोन्टेनेग्रोलाई ७–० गोल अन्तरले हरायो ।
समूह ‘ए’ मा रहेको इङ्ल्यान्ड एक खेल अगावै युरो कपमा छानिएको हो । इङ्ल्यान्डको प्रभावशाली जीतमा कप्तान ह्यारी केनले ह्याट्रिक गरे । एलेक्स अक्सलेड चेम्बरलेन, मार्कुस रासफोर्ड र ट्यामी अब्राहमले एक–एक गोल गरे । इङ्ल्यान्डले एक गोल उपहार पाएको थियो ।
इङ्ल्यान्डले ११ औँ मिनेटमा चेम्वरलिनको गोलबाट अग्रता लिएको थियो । त्यसपछि कप्तान केनले १८ औँ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरेका थिए । केनले १९ औँ, २४औँ र ३७ औँ मिनेटमा गोल लगातार गोल गरे । ३० औँ मिनेटमा रासफोर्डल अर्को गोल गरे । ६६ औँ मिनेटमा मोन्टेनेग्रोका एलेक्ससान्दर सो फ्रान्सले आत्मघाती गोल गरेका थिए । ८४ औँ मिनेटमा ट्यामी अब्राहमले गाल गर्दै इङ्ल्यान्डलाई फराकिलो जित दिलाए ।
जितसँगै समूहको शीर्ष स्थानमा रहेको इङ्ल्यान्डले सात खेलबाट १८ अङ्क बनाएको छ । तीन अंक बनाएको मोन्टेनग्रोको अन्तिममा छ । अर्को खेलमा चेक रिपब्लिकले कोसोभोलाई २–१ गोलले हरायो । जितसँगै १५ अंक बनाएको चेक रिपब्लिक दोस्रो स्थानमा छ । कोसोभो ११ अङ्कसहित तेस्रो स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?
-
काभ्रेको रोशीमा आगलागीमा परेका दुई बालबालिकाको उद्धार
-
टर्कीद्वारा ८९ जना शंकास्पद आईएस सदस्य पक्राउ