धेरै कानुन व्यवसायीका कारण आलमको बहस लम्बियो

कानुन व्यवसायी बढी भएपछि रौतहटको राजपुरमा बम विस्फोट आरोपमा पक्राउ परेका नेपाली कांग्रेसका नेता तथा निलम्बित सांसद मोहम्मद अफताब आलमको बहस अझै लम्बिएको छ ।
धेरै कानुन व्यवसायीहरुले बहस गर्ने भएको कारण पनि बहस लम्बिएको हो ।
गत कात्तिक २१ देखि बहस सुरु भएको थियो । छैटौं दिन पनि आलम तर्फका वकिलहरुले बहस गर्दै आएका छन् ।
उक्त थुनछेक मुद्दामा सरकारी वकिलको तर्फबाट पाँच जना वकिलले बहस गरेका थिए ।
सरकारी वकिलको तर्फबाट थुनछेक बहसमा सरकारी वकिल कार्यालय रौतहटको जिल्ला न्यायाधिवक्ता खडीन्द्रराज कटुवाल, उपन्यायाधिवक्ता अर्जुनप्रसाद कोइराला र सहन्याधिवक्ता सूर्यप्रसाद दाहाल, सरकारी वकिल कार्यालय पर्साका उपन्यायाधिवक्ता रुद्रप्रसाद पन्थी र सरकारी वकिल कार्यालय रौतहटका सहन्यायाधिवक्ता रामप्रसाद पन्थीले बहस गरेको रौतहट जिल्ला अदालतका स्रेस्तेदार गुणराज पराजुलीले जानकारी दिएका छन् । यो समाचार आजको राजधानी दैनिकमा रमेश तिमलसिनाले लेखेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हट्यो ताप्लेजुङमा जारी निषेधाज्ञा
-
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक, के–के छन् नयाँ व्यवस्था (पूर्णपाठसहित)
-
पशुपतिमा चुस्त सुरक्षा व्यवस्थापन : महँगा गहना लगाएर नआउन अनुरोध
-
१० बजे १० समाचार : अडियो प्रकरणले लियो ज्यान, अब ईभी किन्न कठिन
-
६० लाख खर्च गरेर २५ जोडीको सामूहिक विवाह गरिने
-
नेपालगञ्जमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु