शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आज तपाईंको दिन कसरी बित्नेछ ? हेर्नुस् राशिफल

शुक्रबार, २९ कात्तिक २०७६, ०६ : १३
शुक्रबार, २९ कात्तिक २०७६

वि.सं.२०७६ साल कात्तिक २९ गते । शुक्रबार । ईश्वी सन् २०१९ नोभेम्बर १५ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । मार्गकृष्ण पक्ष । तिथि तृतीया,३२ घडी ४५ पला,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त चतुर्थी । नक्षत्र मृगशिरा,४३ घडी ३१ पला,बेलुकी ११ बजेर ५० मिनेट उप्रान्त आद्रा । योग, शिव ०८ घडी ०३ पला,बिहान ०९ बजेर ३८ मिनेट उप्रान्त सिद्ध । करण वणिज,बिहान ०७ बजेर ४६ मिनेट उप्रान्त भद्रा,बेलुकी ०७ बजेर ३१ मिनेट उप्रान्त बव । आनन्दादिमा मानस योग । चन्द्रराशि वृष,मध्यान्ह ११ बजेर ४८ मिनेट उप्रान्त मिथुन । 

काठमाडौंमा सूर्योदय ०६ बजेर २५ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर १० मिनेट । दिनमान २६ घडी ५२ पला ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)  बिहानको समय राम्रो रहेकोले लेखन कलाको माध्ययमले आफ्ना भनाईहरु जनमानसमा लैैजान सकिनेछ । पढ्न लेख्न मन लाग्नेछ भने नतिजा तपार्ईँ आफ्नै पक्षमा पार्न सकिनेछ । मध्यान्हबाट माया प्रेममा सानो कुराले मनमुटाव सिर्जना हुनसक्छ ध्यान दिनुहोला । खानपानमा ध्यान नदिदा स्वास्थ्य सम्बन्धि समस्या आउनेछ । यात्रा गर्दा ध्यान दिनुहोला कष्टकर नहोला भन्न सकिन्न ।
 
बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समाजमा बोलिको प्रभाव बढ्ने हुनाले बोलेरै थेरै कामहरु गर्न सकिनेछ । व्यापारमा बढोत्तरिको योग रहेकोछ भने नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । कुटुम्बसँगको सम्बन्धमा सुधार हुनेछ भने आफन्तको सहयोगले कामहरु समयमा नै सकाउँन सकिनेछ । पारिवारिक जमघटमा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा रमाउँन चाहनेहरुलाई समयले साथ दिनेछ भने जीवन साथिसँग थप आत्मियता बढ्नेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) बिहानको समय मध्ययम रहेकोले स्वास्थ्य सम्बन्धि सामान्य समस्याले नसताउला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ भने माया प्रेममा एक अर्कालाई शंका गर्नाले मनमुटाब सिर्जना हुनेछ । मध्यान्हबाट दिगो फइदा हुने व्यावसायमा लगानी गरि आम्दानीका स्रोतहरु थप्न सकिनेछ । कला तथा साहित्य क्षेत्रमा पनि राम्रो प्रगति हुनेछ । रचानात्मक तथा कृतिमानी काम शुभारम्भ गर्न सकिनेछ । राजनीति तथा समाजसेवा फाप्ने हुनाले आजको दिन पद प्राप्तिको गतिलो सम्भावना रहेकोछ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) वैदेशिक ब्यापार तथा वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाँफा तथा आम्दानी हुनेछ । लामोदुरिको बिदेश यात्राको तय गर्न सकिनेछ । बिद्यामा भने सफलता पाउँन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यमा केहि खराबि हुन सक्छ ख्याल गर्नुहोला । बिहानको समय राम्रो रहेकोले पैत्रिक धन तथा सम्पतिको प्रयोग मार्फत प्रशस्त आम्दानी गर्न सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग मार्फन मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेममा नजिक भई मनका भावना साटासाट गर्न सकिनेछ ।
 

सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) व्यापार व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी  फस्टाएर जानेछ । प्रेम प्रशङमा रमाउँन चाहनेहरुका लागि समयले साथ दिनेछ । दाजुभाई तथा आफन्तबाट काममा सहयोग हुनेहुनाले लगानी बढाउन सकिनेछ । सवारी साधन प्राप्तीको योगलाई नकार्न सकिदैन ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्रतिस्पर्धीहरु परास्त हुनेछन् भने नयाँ काम पाउँने तथा नोकरिमा बुढुवा हुनेयोग रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जानेछ भने नयाँ पछिसम्म आम्दानी भईरहने व्यावसायमा लगानी गरि रोजगारिको अवसरहरु सिर्जना गर्न सकिनेछ । अध्ययनमा विजय हुनेयोग रहेकोछ भने अन्य साथिहरुलाई किनारा लगाउँदै पुरस्कार हात पार्न सकिनेछ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउँने समय रहेकोछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) यात्रा तथा मनोरञ्जनमा समय खर्च हुनेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्रा मार्फत मनग्गे लाभ लिन सकिनेछ । सानो सानो लगानी गर्दापनि व्यापार व्यावसाय फस्टाएर जानेछ । प्रेमको ठोरो कसिनुको साथै घर परिवार तथा आफन्तबाट भनेजस्तो सहयोग पाइनेछ । सरकारी क्षेत्रमा सम्मानजनक सहभागिता रहने योग रहेकोछ । बिहानको समय मध्ययम रहेकोले सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सोचेका ठाउँमा रुपैया पैसा खर्च हुने सम्भावना रहेको हुनाले आर्थिक कारोबार गर्दा ख्याल गर्नुहोला । मायाप्रेममा एक अर्कालाई अबिश्वास गर्नाले मनमुटावको अवस्था सिर्जना नहोला भन्न सकिन्न । व्यापार व्यावसायमा नाफा कमाउन दिनभर जसो समय दिनुपर्नेछ भने बैक तथा बित्तिय क्षेत्रमा गरिएको लागनि भने फस्टाएर जानेछ । स्वास्थ्यको ख्याल गर्नुहोला उपाचार खर्च बढ्ने योग रहेकोछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) यात्राका क्रममा उपलब्धि मुलक कामहरु गर्न सकिनेछ । व्यापारमा लगानी गरि मनग्गे आम्दानी गर्न सकिने तथा आर्थिक रुपमा सम्पन्न हुने समय रहेकोछ । पढाइ लेखाइमा प्रतिस्पर्धिहरुलार्ई किनारा लगाउदै सफलता हात पार्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथिको सहयोगले राम्रा काम गर्न सकिनेछ । भौतिक सम्पति तथा सवारि साधन प्राप्तीको गतिलो योग रहेकोछ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) न्यालयबाट हुने न्यायिक निर्णयहरु तपार्ईँकै पक्षमा हुनेछन् भने सत्रुलाई परास्त गर्ने उपाए फुर्नेछ । पुराना रोग तथा ऋणबाट मुक्त भई नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ । व्यापारमा लगानी गरि मनग्गे धन आर्जन गर्न सकिने तथा परिवारका आवश्यक्ताहरु पूरा गर्न सकिनेछ । अध्यानमा प्रतिस्पर्धिहरुलार्ई साईड लगाउँदै एक दुई कदम अगाडि बढ्न सकिनेछ । नया ठाउबाट प्रेम प्रस्ताब आउने तथा प्रेमका कोपिलाहरु पक्रिएर जानेछन् ।

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) अध्ययनमा मन जाने तथा ध्यान केन्द्रित हुने हुँदा आफूले चाहेजस्तो सफलता प्राप्त गर्न सकिनेछ । आफन्त तथा गुरुजनहरुको सुझावलाई सिरोधार्य गर्दै अगाढि बढ्न सकिनेछ । मन परेको मानिसबाट उपाहार तथा भौतिक सम्पति पाउने योग रहेकोछ भने प्रेममा सामिप्यता बढेर जानेछ । बिहानको समय मध्ययम रहेकोले आमा तथा आफन्तसँग मनमुटाब बढ्ने योग रहेकोछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) कृषि तथा पशुपालनमा गरिएको लगानीबाट मनग्गे आम्दानी हुनेछ । अध्ययन तथा अनुशन्धानबाट सकारात्मक नतिजा हात लाग्नेछ । आमा वा आमा सरहका मानिससँग अलग्गिएर लामो यात्रा गर्नु पर्दा मनमा खिन्नता पैदा हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबिचको सम्बन्धमा थप बिश्वास थपिनेछ । समाजसेवामा समय व्यातित हुनेछ भने आफ्नो काम थाति रहनेछ ।

तपाईको दिन शुभ रहोस् ।
यूवा ज्योतिषि डिपि भण्डारी
ज्योतिष परामर्ष सेवा केन्द्र
चाबहिल,काठमाडौं फोन न.९८०८३०७२७५
नोट : चिना तथा टिप्पन बनाउँन,चिना हेराउँन तथा बास्तुसँग सम्बन्धित जानकारिको लागि अवस्य सम्झनुहोला ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप