शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चर्चित भारतीय गायिका लता मंगशेकरको मृत्युको हल्ला फैलिएपछि...

बिहीबार, २८ कात्तिक २०७६, २२ : १८
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । चर्चित भारतीय गायिका लता मंगशेकरको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । बिहीबार उनको मृत्युको हल्ला चलेपछि उनको परिवारले त्यसको खण्डन गर्दै लताको स्वास्थ्यमा सुधार भैरहेको जानकारी दिएको हो । उनको परिवारले एक प्रेस विज्ञप्ति जारी गर्दै लता दिदी स्वस्थ भएको र उनको स्वास्थ्यमा राम्रो सुधार आएको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘लता दिदी स्वस्थ्य हुनुहुन्छ । उहाँको स्वास्थ्यमा राम्रो सुधार भएको छ । हामीले उहाँलाई घर ल्याएका छौं । उहाँप्रति सहानुभूति र स्वास्थयलाभ गर्नेहरु सबैलाई धन्यवाद छ ।’

९० वर्षीया लतालाई छातिको संक्रमण भएपछि आइतबार राती मुम्बईको ब्रिज केन्डी अस्पतालमा भर्ना गरिएको थियो । उनलाई आइसीयुमा समेत राखिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप