शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सक सङ्घको अध्यक्षमा कार्कीको उम्मेदवारी

बिहीबार, २८ कात्तिक २०७६, २० : ४४
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । चिकित्सकको  साझा छाता सङ्गठन नेपाल चिकित्सक सङ्घको आगामी नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा चिकित्सक लोचन कार्कीले उम्मेदवारी दिने भएका छन् । चिकित्सक कार्की  अहिले सङ्घको महासचिव हुन् । 

आगामी माघमा सङ्घको नयाँ कार्यसमितिका लागि निर्वाचन हुँदैछ । लोकतान्त्रिक चिकित्सक सङ्घको विहीबार बसेको  बैठकले  उनलाई सो पदमा उठाउने  निर्णय गरेको हो । 

सङ्घका अध्यक्ष चिकित्सक मुक्तिराम श्रेष्ठसहित पूर्वअध्यक्षहरु चिकित्सक केदारनरसिंह केसी, अञ्जनीकुमार झा र चोपलाल भुषालसहितको टोलीले सर्वसम्मतरूपमा महासचिव कार्कीलाई अध्यक्ष पदमा उठाउने निर्णय गरेको जानकारी अध्यक्ष श्रेष्ठले जानकारी दिए । 

यसअघि, चिकित्सक पुष्पमणि खरालले अध्यक्ष पदको उम्मेदवारी घोषणा गरिसकेका छन् । विसं २००७ फागुन २० गते नेपाल चिकित्सक सङ्घको स्थापना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप