महरको प्रश्न : चार भाषामा मोदीलाई शुभकामना दिने ओली सीमा विवादमा किन मौन ?
कोहलपुर । काँग्रेसका युवा नेता एवम् नेपाल विद्यार्थी संघका निर्वतमान अध्यक्ष नैनसिंह महरले केपी ओली नेतृत्वको सरकारले नेपाली काँग्रेसका नेता कार्यकर्तालाई बिना कारण फसाउने काम गरेको बताएका छन् ।
कोहलपुरमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा देशै भरी नेपाली काँग्रेसका यूवाहरुलाई अनावश्यक मुद्दामा फसाउँदै आइरहेको महरले आरोप लगाए । नेपाल तरुण दल नेपालगञ्ज उपमहानगरपालिकाका सभापति सन्दिपजंग शाहलगायलाई बिना कारण फसाउने काम भएको भन्दै सरकारविरुद्व देशव्यापी रुपमा आन्दोलन उनले चेतावनी दिए ।
निर्दोष व्यक्तिलाई राजनीतिक पूर्वाग्रही रुपमा झुटा मुद्दा चलाएको विषयमा बाँकेका एसपी र डिएसपीको कुरा बाँझिएकाले घटना नियोजित भएको प्रमाणित भएको महरको भनाइ छ ।
केही समयअघि तरुण नेता शाहको गाडीमा पेस्तोल फेला परेको भन्दै प्रहरीले गैर न्यायिक तरिकाले नियन्त्रण लिई झुटा मुद्दा चलाई राजनीतिक प्रतिशोध साँध्न काम भएको उनको जिकिर छ ।
महरले कालापानी र लिपुलेखबारेमा भारतसँग प्रधामन्त्री ओलीले कुटनीतिक रुपमा कुनै पनि पहल नगरेको भन्दै महरले आक्रोश व्यक्त गरे । उन भने, ‘चार भाषामा भारतका प्रधानमन्त्री मोदीलाई जन्मदिनको शुभकामना दिन सक्ने केपी ओलीले सीमाको विषयमा कुनै अभिव्यक्ति नदिनुले यसमा सरकारकै मिलेमतो रहेको र सरकार राष्ट्रियताको विषयमा कमजोर सावित भएको प्रष्ट हुन्छ ।’
वर्तमान सरकारले नेपालको राष्ट्रियतालाई नै खतरामा पारेको भन्दै सबै नेपाली जनता राष्ट्रियताका लागि एक हुन आवश्यक रहेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय मामिलामन्त्री गुप्ता अमेरिका प्रस्थान
-
गाउँ नै रित्तिन थालेपछि मान्छे फर्काउन डिठ्ठा गाउँमा नयाँ जुक्ति
-
राप्रपा नेताहरू पशुपति, प्रकाशचन्द्र, रवीन्द्र, धवललगायतको पद धरापमा !
-
नासिए मौलिक सम्पदा
-
धवलशमशेर छुट्ने भएपछि भद्रकालीमा राप्रपा कार्यकर्ताको भिड (तस्बिरहरू)
-
भूमिहीन नागरिकको समस्या भूमि समस्या समाधान आयोगबाट हुन्छ : मन्त्री अधिकारी