जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक सम्मानित
काठमाडौं– जगदम्बा सिमेन्ट लगातार तेस्रो पटक आफ्नो उत्पादनको लागि एन.एस. क्वालिटी अवार्ड अन्र्तगत ‘लेटर अफ एप्रिसियसन’द्वारा सम्मानित भएको छ ।
यो वर्ष शुभश्री जगदम्बा सिमेन्टको पोर्टल्याण्ड स्ल्याग सिमेन्ट (पीएससी)ले यो अवार्ड प्राप्त गरेको हो । यस अघि सन् २०१४ र २०१५ मा आफ्नो अर्डिनरी पोर्टल्याण्ड सिमेन्ट (ओपीसी) सिमेन्टको लागि जगदम्बा सिमेन्ट यो अवार्डबाट सम्मानित भएको थियो ।
उत्पादनको प्रारम्भदेखि नै कम्पनीको गुणस्तरीयता प्रति प्रतिवद्धता रही आएको छ । एक पछि अर्काे सम्मानहरुबाट जगदम्बा सिमेन्टले गुणस्तरीयता प्रतिबद्धतालाई पुष्टि गरेकोे छ ।
जगदम्बा सिमेन्टका वरिष्ठ ब्रान्ड प्रबन्धक जगन्नाथ दाहालले भने, ‘यस्तो गरिमामय सम्मान बारम्बार पाउनु हाम्रो लागि गर्वको कुरा हो, यसबाट अझ बढी परिश्रम र थप जिम्मोवारी वहन गर्ने प्रेरणा मिलेको छ । पीएससी सिमेन्ट उत्पादकहरु मध्ये क्वालिटि अवार्ड प्राप्त गर्ने हामी नै पहिलो हौं । गुणस्तर उत्पादन हाम्रो पहिलो प्राथमिकतामा पर्दछ ।”
त्यसैगरी, जगदम्बा सिमेन्टका कार्यकारी निर्देशक अजय जटियाले उत्पादनमा गुणस्तरीयता कायम गरे वापत गुणस्तरीय एनएस क्वालिटि अवार्ड तेस्रो पटक प्राप्त गरेको बताए । उनले ग्राहकवर्ग एवं शुभेच्छुकहरुको कम्पनीप्रतिको विश्वासविना यो उपलब्धि सम्भव नभएको बताए ।
जगदम्बा सिमेन्टले उत्पादन गरेका गुणस्तरीय सिमेन्टहरु शुभ श्री जगदम्बा सिमेन्ट पीएससी, जगदम्बा सिमेन्ट पीपीसी, अल्ट्रा प्रिमियम ओपीसी, जगदम्बा अल्ट्रा एक्टिभ पीपीसी, जगदम्बा अल्ट्रा अल्टिमो पीएससी, फोर्स पीएससी, जगदम्बा एभरलास्ट पीपीसी आदि रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरानको बन्दरगाहमा भएको विस्फोटमा मारिनेको संख्या १८ पुग्यो
-
सांसद माया राईलाई ३ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
वर्षाले शिक्षक आन्दोलन प्रभावित
-
क्यानडा : कारले भीडमा ठक्कर दिँदा धेरै जनाको मृत्यु
-
केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रतिवेदनसहित पेस
-
‘असन्तुष्टिका आवाजहरूलाई सम्बोधन गर्न समयमै आवश्यक कानुन बनाउनुपर्छ’