केन्द्रीय संस्करण

पारस र सन्दीपसहित साग क्रिकेट टोलीको घोषणा

person explore access_timeकात्तिक २८, २०७६ chat_bubble_outline0

काठमाडौं । नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) का लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालको राष्ट्रिय पुरुष र महिलाटोलीको घोषणा गरेको छ । क्यानले बिहिबार प्रशिक्षणमा रहेका खेलाडीबाट अन्तिम टोलीको नाम सार्वजनिक गरेको हो । 

सागका लागि पुरुषतर्फ ज्ञानेन्द्र मल्लको कप्तानीमा १५ सदस्सीय खेलाडीको घोषणा गरिएको छ । प्रशिक्षणमा रहेका ३५ खेलाडीबाट पुरुष खेलाडी छनोट गरिएको हो । टोलीका तीनजना बैकल्पिक खेलाडी छन् ।

साग पुरुष क्रिकेटमा भारत र पाकिस्तानले सहभागिता जनाउने छैनन् । क्रिकेट स्पर्धामा भुटान, माल्दिभ्स, नेपाल र श्रीलंकाले प्रतिस्पर्धा गर्नेछन् ।

यसैगरी क्यानले महिलातर्फ रुबिना क्षेत्रीको कप्तानीमा १५ सदस्सीय खेलाडी टोलीको घोषणा गरेको हो । महिला टोलीमा पनि तीनजना वैकल्पिक खेलाडी छन् । महिला क्रिकेटमा पनि भारत र पाकिस्तानले भाग नलिने भएका छन् । 
पुरुष टोली 
ज्ञानेन्द्र मल्ल
पारस खड्का
सन्दीप लामिछाने
दिपेन्द्र सिंह ऐरी
सोमपाल कामी
करण केसी
विनोद भण्डारी
ललित नारायण राजवंशी
पवन सर्राफ
सन्दीप जोरा
सुशन भारी
आरिफ शेख
अविनास बोहरा
कुशल भुर्तेल
राशिद खान
वैकल्पिक खेलाडी
रोहित कुमार पौडेल
भिम सार्की
सागर ढकाल
महिला टोली 
रुबिना क्षेत्री –कप्तान) 
सिता राना मगर
इन्दु बर्मा
काजल श्रेष्ठ
करुणा भण्डारी
अप्सरी बेगम
सोनु खड्का
सरस्वती चौधरी
ममता चौधरी
अन्जली चन्द
सरिता मगर
शान्ति खतिवडा
रोमा थापा
डली भट्ट
कविता कुवर

वैकल्पिक खेलाडीमा 

ज्योति पाण्डे
संगीता राई
अस्मिना कर्माचार्य

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.