शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

सिटिजन लाइफ इन्स्योरेन्स पनि एनसीएचएलसँग आबद्ध

बिहीबार, २८ कात्तिक २०७६, १९ : १२
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरि दुई संस्था बीच सम्झौता भएको छ । 

सम्झौता पत्रमा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो आन्तरिक भुक्तानी प्रणालीलाई एनसीएचएल–आईपीएस र कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीसँग जोडिए पछि इन्स्योरेन्स भुक्तानी, एजेन्ट कमिसन, तलब, भेन्डर भुक्तानी, लगायत लगानी ट्रान्स˚र सम्बन्धी कारोबारहरु आबद्ध भएका बैंक खाताहरुबाट सोझै गर्न सक्नेछ । 

साथै सिटिजन लाइफ इन्स्योरेन्सका बीमितहरुले आफ्नो (प्रिमियम) बीमा शूल्क पनि अनलाइनमार्फत कनेक्ट आईपीएस ई–पेमेन्टबाट वा ५,००० भन्दा बढि बैंक शाखाहरुबाट सजिलै तिर्न सक्नेछन् । यी सबै कारोबारहरु सोझै इन्स्योरेन्स कम्पनी तथा लाभग्राहीहरुका बैंक खाताहरुबाट हुनेछन् । 

सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड कान्तिपुर मिडिया ग्रुप, शिखर इन्स्योरेन्स, प्रतिष्ठित एविएशन उद्योगपतिहरु, सफल बैंकरहरु र विभिन्न उद्योगको प्रतिष्ठित प्रतिनिधिहरुद्वारा प्रबद्र्धित कम्पनी हो । कम्पनीले एनसीएचएलसँगको यस साझेदारीले डिजिटल इन्स्योरेन्स सेवाहरुमा पनि आफ्नो विशेष उपस्थिति गर्न मद्दत पुग्ने अपेक्षा गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप