
ADVERTISEMENT
सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु

काठमाडौं । पुराना हास्य कलाकार सन्तोष पन्तको फिल्म ‘हिजो आजका कुरा’को छायांकन सुरु भएको छ । निर्देशक साकार पन्तले ३५ दिने छायांकनको सेड्युल बनाएर बुधबारबाट फिल्मको छायांकन सुरु गरेको जानकारी दिए ।
फिल्मको पहिलो सेडुल काठमाडौं आसपासका स्थानमा राखिएको छ । त्यसपछि चितवनमा छायांकन हुने उनले पन्तले बताए ।
फिल्ममा सन्तोष पन्त, रमा थपलिया र रिमा विश्वकर्मा, दिव्यदेव पन्त, रिचा शर्मा, केकी अधिकारी, जेविका कार्की लगायतको अभिनय रहनेछ ।
यश फिल्म प्रोडक्सनबाट निर्माण हुन लागेको फिल्म ‘हिजो आजका कुरा’को कथा सन्तोष पन्त र निर्देशक साकार पन्त मिलेर तयार पारेका हुन् ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
कमेन्ट
कमेन्ट गर्नेहोस्
Loading comments...
तपाईको ईमेल गोप्य राखिनेछ