सुरु भयो लुम्बिनीमा अन्तर्राष्ट्रिय त्रिपिटक वाचन
बुटवल । बुद्धजन्मस्थल लुम्बिनीमा बिहीबारदेखि अन्तर्राष्ट्रिय त्रिपिटक वाचन शुरु भएको छ ।
अखिल नेपाल भिक्षु महासंघको आयोजना तथा प्रदेश पाँच सरकार, शाही थाइ मन्दिर र लुम्बिनी विकास कोषको सहकार्यमा त्रिपिटक वाचन गरिएको हो ।
अन्तर्राष्ट्रिय जगत्मा बुद्ध जन्मस्थलको थप प्रचारप्रसार गर्ने र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले त्रिपिटक बाचन गरिएको हो ।
विगत १६ वर्षदेखि भारतको बोधगयामा हुँदै आएको पाठ अघिल्लो वर्षबाट बुद्ध जन्मस्थल लुम्बिनी सुरु गरिएको आयोजक संस्था अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महास्थवीरले बताए।
त्रिपिटकको उद्घाटन गर्दै प्रदेश पाँचका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी विश्व शान्तिको मुहान भएको बताए ।
पोखरेलले त्रिपिटक वाचनले विश्व जगतमा शान्ति, सद्भाव र भातृत्वको सन्देश जाने बताए ।
भगवान बुद्धद्वारा निर्देशित उपदेश त्रिपिटक सामूहिक रुपमा तीन दिनसम्म पाठ गरिने छ ।
त्रिपिटक वाचनमा नेपाल, भारत, श्रीलंका, म्यानमार, कम्बोडिया, थाइल्याण्ड, चीन, कोरिया, जापान लगायत २५ देशका एक हजार बौद्ध भिक्षुको सहभागिता रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४७ वर्षको अन्तरालमा आएका दुईवटा कालो दिन अर्थात् माघ १९
-
दोस्रो परदेश यात्राको तयारीमा शालीनदीस्थित माधवनारायणका व्रतालु
-
बागलुङमा रु २६ करोड ४६ लाखको सुन्तला बिक्री
-
ट्रम्प प्रशासनलाई इरानको चेतावनी : ‘परमाणु सुविधामा दख्खल दिए ठूलो युद्ध हुन्छ’
-
उदिपुर पहिरो रोकथाम अन्तिम चरणमा
-
देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला आजको मौसम ?