बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

भलिबलमा माल्दिभ्स पराजित, नेपाल बन्यो च्याम्पियन

बिहीबार, २८ कात्तिक २०७६, १६ : २७
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । नेपाली महिला भलिबल टोलीले एसियन भलिबल कन्फेडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

 बंगलादेशको ढाकामा शनिबार भएको फाइनल खेलमा माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाल च्याम्प्यिन बनेको हो । नेपाली महिला भबिललमा यो पहिलो अन्तर्राष्ट्रिय उपाधि पनि हो । 

ऐतिहासिक उपाधि जित्ने क्रममा नेपालले माल्दिभ्सलमाथि २५–१३, २५–१२, २५–८ को सहज जित निकालेको थियो । अपराजित रहँदै उपाधि जितेको नेपालले लिग चरणमा माल्दिभ्स, अफगानिस्तान, कीर्गिस्तान र बंगलादेशलाई हराएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप