साढे ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्यबाट पछि हटे अर्थमन्त्री, ७.१ प्रतिशत हुने अनुमान
बिहीबार, २८ कात्तिक २०७६, १५ : ३०

काठमाडौँ । चालु आर्थिक वर्षको बजेटले साढे ८ प्रतिशतको आर्थिक वृद्धि हुने लक्ष्य राखेपनि बजेट कार्यानवयनका तीन महिनालाई हेरेर अर्थमन्त्रालय सो लक्ष्यबाट पछि हटेको छ । चालु वर्ष ७.१ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान मन्त्रालयले सार्वजनिक गरेको छ ।
चालु वर्षमा कृषि क्षेत्रको वृद्धिदर कमजोर हुने अनुमान छ । यसले आर्थिक वृद्धिमा धक्का पुग्ने देखिएपछि अर्थमन्त्रालयले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो । अर्थमन्त्रालयले मन्त्रालयसँग सम्बन्धित सार्वजनिक विवरणमा सुचनाको हक ऐन सार्वजनिक गर्दैै यस्तो अनुमान सार्वजनिक गरेको हो ।
अन्तर्राष्ट्रिय निकायहरुले पनि चालु वर्ष साढे ६ प्रतिशतको आर्थिक बृद्धि सार्वजनिक गर्दै आएका थिए । चालु वर्ष वर्ष धान उत्पादनमा कमी आएको तथ्यांक कृषि मन्त्रालयले सार्वजनिक गरेको छ ।