अर्थ समितिको बैठक बिहीबार पनि स्थगित
बिहीबार, २८ कात्तिक २०७६, १३ : ५७
काठमाडौं– कोरम नपुगेपछि संघीय संसद, अर्थ समितिको बैठक बिहीबार पनि स्थगित भएको छ । बिहीबार विहान ११ बजेका लागि सिंहदरबारमा बोलाइएको बैठकमा समितिका सदस्यहरुको गणपुरक संख्या नपुगेपछि बैठक स्थगित गरिएको हो । बैठकमा समितिका सभापति कृष्णप्रसाद दाहाल तथा सदस्यहरु घनश्याम भुसाल, ज्ञानेन्द्रबहादुर कार्की, रामकुमार झाँक्रीलगायतका सदस्यहरुले १ घण्टा कुर्दा पनि अन्य सदस्यहरुको उपस्थित नभएपछि बैठक स्थगित गर्नु परेको समितिको सचिवालयले जनाएको छ ।
समितिको यस अघि कार्तिक १९ गते बोलाइएको बैठकमा पनि कोरम नपुगेकै कारण स्थगित गरिएको थियो । बैठकका लागि ‘नागरिक लगानी कोष ऐन, २०४७ लाई संशोधन गर्न बनेको विधेयक’ माथि छलफल गर्ने कार्यसूचि तय गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सहकारी मन्त्रीहरूको सम्मेलनमा भाग लिन मन्त्री अधिकारी जोर्डन प्रस्थान
-
सुन तस्करी जाँचबुझ प्रतिवेदन अझै अध्ययनमै
-
पहिलो पटक हुम्ला पुगे दुई टिपर
-
बागमती प्रदेशका सरकारी कार्यालयको बोर्ड तीन भाषामा
-
सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने बैंकको रुपमा ग्लोबल आइएमई सम्मानित
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न