शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ट्रेलरमा यस्तो देखियो फिल्म ‘१२ सत्ताइस’

बिहीबार, २८ कात्तिक २०७६, १३ : ४७
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । पैसा कमाउन १२ सत्ताइस गर्नुपर्छ’ भन्ने बिषयमाबस्तुमा निर्माण भएको फिल्म ‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक गरिएको छ । राजधानीको कमलपोखरी स्थित बिग मुभिजमा आयोजित एक कार्यक्रममा फिल्मको ट्रेलर सार्वजनिक गरिएको छ ।

तीन बेरोजगार पात्र भित्र रुमलिएको यो फिल्मको ट्रेलर कमेडीले भरिएको छ । कथा तथा निर्देशन जोन योञ्जनको रहेको फिल्ममा अभिषेक नेपाल, समिर श्रेष्ठ, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, विना कार्की, अस्मिता खनाल, अभोन राजलगायतका कलाकारको अभिनय रहेको छ । 

रेनु राना, दीपक खतिवडा र रुपक थापाको संयुक्त लगानीमा निर्माण भएको फिल्मले प्रदर्शन मिति भने मंसिर २७ जुर्याएको छ । 

प्राबिधिक, अभिनय लगायत सबै पक्षबाट फिल्म उत्कृष्ट बनाउन आफुले कुनै कसुर नराखेको कार्यक्रममा निर्देशक  योञ्जनले बताए । ‘फिल्मका लागि स्टारकास्ट महत्व पुर्ण होइन’ उनले थपे ‘कथा र पात्र उत्कृष्ट बनाउनु पर्छ ।’

ह्याप्पी प्ल्यानेट फिल्मस् र कमेरो फिल्म स्क्रिनको संयुक्त ब्यानरमा बनेको फिल्मका गौतम शाह सह निर्माता हुन् । 

दीपक आर्जेको संगीत, श्रीधर पौडेलको पोस्टर फोटोग्राफी, कृष्ण भण्डारीको सम्पादन र अनिश स्याङ्गदेनको छायाँकन फिल्ममा रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप