ग्यास अभाव छैन, बेकारको हल्ला चलिरहेको छ : आयल निगम
बिहीबार, २८ कात्तिक २०७६, १३ : ४२

काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् ।
ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन् । उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन् ।
यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि ग्यास अभाव नभएको बताउँछन् । उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताए ।
यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ । उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन । मथुराबाट आइरहेको छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास