शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्यास अभाव छैन, बेकारको हल्ला चलिरहेको छ : आयल निगम

बिहीबार, २८ कात्तिक २०७६, १३ : ४२
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ । अहिले पसलमा ग्यास किन्न जाँदा पसलेहरुले ग्राहकलाई धमाधम ग्यास छैन भन्दै फर्काइरहेका छन् ।

ग्यास सर्टेज हुने हल्लाले व्यवसायीले ग्यास लुकाएको ग्राहकको आरोप छ । तर नेपाल आयल निगमका प्रवक्ता विरेन्द्र गोइत ग्यास अभावको हल्ला बेकारको भएको बताउँछन् । उनले ग्यास आउनुपर्ने जति आइरहेको र कुनै पनि समस्या नभएको बताएका छन् । 

 यता एलपिजि ग्यास उद्योग संघका उपाध्यक्ष कुश मल्ली पनि  ग्यास अभाव नभएको बताउँछन् । उनले भारतको बरौनी र मथुराबाट ग्यास ल्याइने भएकाले बरौनी केही दिनका लागि बन्द हुँदा केही कम ग्यास आएको बताए । 

यद्यपि, व्यवसायीले ग्राहकलाई फर्काउँने गरी ग्यास अभाव नभएको उनको भनाई छ । उनी भन्छन्, ‘पूर्णतया ग्यास आएको छैन, सरसफाइका लागि बरौनी बन्द छ तर केही दिन नआउँदै नेपालमा अभाव हुँदैन । मथुराबाट आइरहेको छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप