चितवनबाट २ थान पेस्तोल र ५ राउण्ड गोलीसहित दुईजना पक्राउ
बिहीबार, २८ कात्तिक २०७६, १३ : ३९
चितवन । राप्ती नगरपालिका–६ हर्दीबाट १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङ तुल्सिपुर नगरपालिका–१२ का ३७ वर्षीय मधुकर केसी र सल्यान रिम गाउँपालिका–५ का ३३ वर्षीय नारायण बुढाथोकी रहेका छन् ।
‘मेड इन युएसए’ लेखिएको अटोमेटिक १ थान पेस्तोल र ५ राउण्ड गोलीसहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए ।
बा८५प ८०८४ नम्बरको मोटरसाइकलमा आएका सवार उनीहरुले इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीलाई देख्नासाथ भाग्न खोजे पश्चात दुवैलाई नियन्त्रणमा लिई तलासी गर्दा ५ राउण्ड गोली लोड भएको उक्त पेस्तोल फेला पारेको हो ।
पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा