तस्विरमा हेर्नुहोस् फेवातालमा बङ्गलादेशी राष्ट्रपतिको जलविहार

बङ्गलादेशका राष्ट्रपति अब्दुल हमिद आज पर्यटकीय नगरी पोखरा आइपुगेका छन् । राष्ट्रपति हमिद आज बिहान नेपाली सेनाको हेलिकप्टरबाट पोखरा विमानस्थलमा आइपुगेका छन् ।
पोखरा भ्रमणका क्रममा राष्ट्रपति हमिदले केही समय फेवातालमा जलविहार गरेका छन् ।
पोखराको दृश्यावलोकन गर्न यहाँ आइपुगेका राष्ट्रपति हमिदको स्वागतको सम्पूर्ण तयारी पूरा भएको छ । पोखरा विमानस्थलमा राष्ट्रपति हमिदलाई गण्डकी प्रदेशका प्रदेश प्रमुख, कार्यवाहक मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीले स्वागत गरेका थिए ।
राष्ट्रपति हमिदको सम्मानमा पोखरा महानगरपालिकाले दुई झाँकी देखाउने तयारी गरेको छ । पोखरा विमानस्थलबाट फिष्टेल लजसम्म सर्वसाधारण, आमा समूह, नागरिक समाज, टोल विकास संस्थाका प्रतिनिधिले स्वागत गरेका थिए ।
राष्ट्रपति हमिदको भ्रमणलाई दृष्टिगत गरेर पोखरामा उच्च सुरक्षा व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले जानकारी दिए । सबै सुरक्षा निकायको समन्वयमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाइएको उनले बताए ।
जलविहारपश्चात नेपाली सेनाको हेलिकोप्टरबाट रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पर्यटकीय नगरी पोखराको दृश्यावलोकन गर्नेछन् । त्यसपछि, राष्ट्रपति हमिद आजै काठमाडौँ फर्किने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीबीएस तथा बीडीएस संकायका सिट संख्या बढाउनु खतरनाक
-
लिभरपुलमै रहलान् कि रियल म्याड्रिड बसाइँ सर्लान् ट्रेन्ट अलेक्जेन्डर अर्नोल्ड ?
-
काठमाडौँ उपत्यकामा कहाँबाट कति हुन्छ तरकारी आपूर्ति ?
-
‘कर्मचारीको अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा वार्षिक ६० अर्ब रुपैयाँ बचत हुन्छ’
-
अस्ट्रेलियामा डुबेर मर्नेको सङ्ख्या ७ पुग्यो
-
उद्योगीको ‘लबिङ’मा ४५० केजीको ग्यास सिलिन्डर आयातको तयारी