केन्द्रीय संस्करण

नक्कली भ्याट बिल प्रयोग गरी राजस्व चुहावट गर्ने ५ फर्मविरुद्ध अदालतमा मुद्दा, को-को परे ?

person explore access_timeकात्तिक २८, २०७६ chat_bubble_outline0

काठमाडौँ । मूल्य अभिवृद्धि करको झूटो बिल प्रयोग गर्ने ५ वटा फर्म र पाँच जना व्यक्ति विरुद्ध राजस्व अनुसन्धान विभागले अदालतमा मुद्दा दायर गरेको छ । 

उनीहरुले ९ करोड ३९ लाख ३३ हजार १ सय रुपैयाँ राजस्व छली गरेको भन्दै सोको दोब्बर जरिवाना र ३ वर्षसम्म कैदको माग गर्दै जिल्ला अदालत काठमाडौमा यही कात्तिक २७ गते मुद्दा दायर भएको राजस्व अनुसन्धान विभागले जनाएको छ । 
एसपी इन्टरप्राइजेज, वाटरमार्क इन्टरप्राइजेज,  न्यू हिमालयन इन्टरप्राइजेज, न्यू युनिभर्सल इन्टरप्राइजेज र आर्जन हार्डवेयर सप्लायर्स प्रालि र सो सँग सम्बन्धित पाँच जना विरुद्ध अदालतमा मुद्दा दायर भएको  हो । 

एसपी इन्टरप्राइजेज÷हिमाल कन्स्ट्रक्सनका प्रोपाइटर शिव गौतमलाई राजस्व चुहावट गरेको अभियोगमा मुद्दा दायर भएको हो । गौतम काभ्रेपलान्चोक घर भइ हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ मा वस्तै आएका छन् ।

 उनीविरुद्ध ३ करोड ८१ लाख २९ हजार ६ सय ५३ रुपैयाँ राजस्व चुहावट गरेको आरोप छ । वस्तु तथा सेवा नै खरीद नगरी नक्कली भ्याट बिल खरीद गरी मूल्य अभिबृद्धि कर र आयकर छलेको अनुसनधानबाट पुष्टि भएको छ । 

यता वाटर इन्टरप्राइजेजका शिवराम न्यौपानेलाई १ करोड ५९ लाख ९४ हजार ५ सय १७ रुपैयाँ राजस्व चुहावट गरेको आरोपमा मुद्दा दायर भएको छ । उनले पनि नक्कली भ्याटविल प्रयोग गरेर राजस्व चुहावट गरेको देखिएको छ । न्यौपाने पाँचखाल ७का स्थायी बासिन्दा हुन भने हाल काठमाडौ महानगरपालिका वडा नं. ३२ मा बसोबास गर्दै आएका छन् । 

यस्तै न्यु हिमाल इन्टरप्राइजेजका प्रोपाइटर लक्ष्मण चौलागाइलाई पनि झूटो भ्यालबिल बनाएर राजस्व छली गरेको आरोप छ । उनले ६९ लाख ३९ हजार ६ सय ९० रुपैयाँ राजस्व छली गरेको भन्दै अदालतमा मुद्दा दर्ता भएको छ । चौलागाई मण्डनदेउपुरा नगरपालिका ११ का स्थायी बासिन्दा हुन् । उनी हाल काठमाडौ महानगरपालिका वडा नं. ११ मा बस्दै आएका छन् । 

यता काभ्रेपलान्चोक घर भएका न्यू युनिभर्सल इन्टरप्राइजेजका प्रोपाइटर सुदर्शन चौलागाईलाई ३० लाख ३२ हजार १ सय २६ रुपैयाँ राजस्व छलि गरेको आरोप छ । उनी हाल भक्तपुरको मध्यपुर ठिमिमा बस्दै आएका छन् । 
आर्जन हार्डवेयर सप्लायर्स प्रालिका सञ्चालक देव बहादुर खत्रीले २ करोड ९८ लाख ३७ हजार १ सय २४ रुपैयाँ राजस्व छली गरेको भन्दै विभागले अदालतमा मुद्दा दायर गरेको छ । 
विभागले यिनीहरु सबैलाई बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद सजायको माग गरेको छ । 
 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...