शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

मंसिरमा बिबाह गर्दै आँचल शर्मा !

बिहीबार, २८ कात्तिक २०७६, १२ : ३३
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौं । हरेक वर्ष मंसिर लाग्दै गर्दा अभिनेत्रीका बिबाहको चर्चा चल्ने गरेको छ । यो बर्षपनि यस्तै चर्चा हुन थालेका छन् । 

गत साता पोखरामा ब्याचलर पार्टी दिएकी ऋचा शर्मा अहिले बिबाह तयारीमा जुटेकी छन् । मंसिर अन्तिमसाता उनले बिबाह गर्ने समाचार बाहिर आएको छ । 

ऋचाको बिबाहको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री आँचल शर्माले पनि घरजम बसाउन लागेको समाचार मिडियामा चाउन थालेका छन् ।

आँचलले डा.उदीप श्रेष्ठसँग घरजम बसाउन लागेको हुन् ।  एक वर्षदेखि उदीपको प्रेममा रहेकी आँचल अहिले प्रेमका विषयमा समेत खुल्न थालेकी छन् ।

उनले उदीपको तारिफ गरेर नथाकेका भिडियो अन्तवार्ता अहिले युट्युवमा जताततै भेट्न सकिन्छ । उक्त अन्तर्वार्तामा उनले विवाहको बिषयमा पनि बताएकी छन् ।  एक कुराकानीमा उनले भनेकी छन्,‘अहिले नै विवाहको मिति तय भैसकेको छैन । तर, यो वर्ष कट्ने सम्भावना कम छ ।’

प्रेमी उदीपसँगको सल्लाह र दुवैतर्फका परिवारको चाहना अनुसार आफुहरू वैवाहिक सम्बन्धमा बाँधिन आँचलले बताउदै आएकी छन् । आँचलको नजिकका साथीका अनसार उनले मंसिरमै बिवाह गर्दैछिन् ।  तर यस बिषयमा भने आँचलले केही बोलेकी छैनन् ।

हुन त आँचलको नाम यसअघि अभिनेता पल शाहसँग जोडिएर सधै आउने गरेका छन् । फिल्म ‘नाईं नभन्नू ल ४’ बाट एकसाथ डेब्यू गरेका दुबैले ‘जोनी जेन्टलम्यान’ र ‘शत्रु गते’मा पनिसँगै काम गरेका थिए ।

धेरै म्युजिक भिडियोमा पनि जोडीका रुपमा देखिने आँचल र पलको प्रेमको चर्चा पनि नचलेको होइन, तर दुबैले भने यो बिषय कहिलै स्वीकारेनन् ।

फिल्म अभिनयको अलवा आँचल म्युजिक भिडियोमा समेत ब्यस्त रहदै आएकी छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप