बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु, ३ जना घाइते
बिहीबार, २८ कात्तिक २०७६, ११ : ५०
प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा आज बिहान बोलेरो गाडी दुर्घटना भएको छ ।
दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।
भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा १ महिला भएको प्रहरीले बताएको छ ।
मृतकको सनाखत हुन सकेको छैन् । चालकसहित गम्भीर घाईते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।