शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बोलेरो सडकबाट खस्दा एक जनाको मृत्यु, ३ जना घाइते

बिहीबार, २८ कात्तिक २०७६, ११ : ५०
बिहीबार, २८ कात्तिक २०७६

प्युठानको स्वर्गद्धारी नगरपालिका ४ कोलवांग भिरमा आज बिहान बोलेरो  गाडी दुर्घटना भएको छ । 

दुर्घटनामा परि एकजनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । 

भिगीबाट स्वर्गद्धारीतर्फ जादै गरेको ग १ च ५२४९ नम्बर बलेरो गाडी सडकबाट ३ सय मिटर तल खस्दा १ महिला भएको प्रहरीले बताएको छ । 

मृतकको सनाखत हुन सकेको छैन् । चालकसहित गम्भीर घाईते ३ जनालाई थप उपचारको लागी भैरहवा ल्याउदै गरेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ  ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप