शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मंसिर १ गते राष्ट्रिय यूवासंघको राष्ट्रिय भेला, ७७ वटै जिल्लामा संयोजक र सहसंयोजक चयन

बिहीबार, २८ कात्तिक २०७६, ११ : ०१
बिहीबार, २८ कात्तिक २०७६

काठमाडौँ– सत्तारुढ दल नेपाल कम्युनिस्ट निकट राष्ट्रिय युवा संघ नेपालले ७७ वटै जिल्लाका संयोजक र सहसंयोजक चयन गरेलगत्तै आगामी मंसिर १ गते राष्ट्रिय भेला बोलाएको छ । 

कार्तिक ३० गते केन्द्रीय कमिटिको सपथ ग्रहण तथा बैठक र मंसिर १ गते काठमाडौँमा राष्ट्रिय भेला आव्हान गरिएको राष्ट्रिय युवासंघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले जनाएका छन् । 

गत कार्तिक १६ गते बसेको राष्ट्रिय युवा संघको बैठकले जिल्ला संयोजक र सहसंयोजक चयन गर्ने निर्णय गरेको थियो । 

युवासंघले जिल्ला संयोजक र सहसंयोजक चयन गर्दा ४२ जिल्लाको संयोजक तत्कालीन एमाले निकट युवासंघले पाएको छ भने ३५ जिल्लाको संयोजक माओवादी केन्द्र निकट वाइसिएलले पाएको छ । 

संयोजक युवासंघको हुँदा सहसंयोजक वासिएल र संयोजक वासियलले पाएको जिल्लामा सहसंयोजक युवासंघको भागमा परेको छ । 

यस्ता छन् जिल्ला संयोजक र सहसंयोजक :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप