ट्रम्पले भने, ‘भारतको फोहोर अमेरिकामा आइरहेको छ’
बिहीबार, २८ कात्तिक २०७६, १० : ४९
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले एक पटक पुनः प्रदुषणका लागि भारतलाई निशानामा पारेका छन् । भारतका विभिन्न इलाकामा एयर क्वालिटी इन्डेक्स खतरनाक स्तरमा पुगेको छ र राष्ट्रपति ट्रम्पले लस एन्जेलिसमा भारतको फोहोर आइरहेको बताएका छन् ।
इकोनोमिक क्लब अफ न्यूयोर्कमा सम्बोधन गर्दै ट्रम्पले भने, ‘भारत, चीन र रुसको फोहोर लस एन्जेलिससम्म पुगिरहेको छ । तपाईंलाई थाहै छ कि यहाँ समस्या छ । तुलनात्मक रुपमा हामीसँग जमिनको सानो टुक्रा छ । यदि तपाईं चीन, रुस र भारतजस्ता अन्य देशसँग तुलना गर्नुहुन्छ भने उनीहरु सरसफाई र धुँवा रोक्नका लागि केही पनि गरिरहेका छैनन् । उनीहरु आफ्नो फोहोर समुद्रमा फालिरहेका छन् र ती बग्दै गरेर लस एन्जेलिससम्म पुगिरहेका छन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जङ्गलमा लागेको डढेलो बस्तीमा फैलिँदा सोलुखुम्बुमा पाँच घर जले
-
स्वास्थ्य क्षेत्रमा आउनसक्ने चुनौतीको सामना गर्न सक्नुपर्छ : प्रधानमन्त्री
-
माओवादीबाट रणसिं परियार मन्त्री बन्दै, बाँकी मुख्यमन्त्रीको विश्वासको मत पछि
-
बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति
-
जीपको ठक्करबाट मोटरसाइकलमा सवार तीन जनाको मृत्यु
-
बारामा चर्को आवाजमा डीजे बजाएका २ जना पक्राउ