बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

जीप र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु

बिहीबार, २८ कात्तिक २०७६, १० : ३६
बिहीबार, २८ कात्तिक २०७६

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरेमा बुधबार राति बोलेरो जीप र मोटरसाइकल आपसमा ठोक्किंदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ का ३० वर्षीय रोशन सापकोटा रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका सापकोटाको उपचारको क्रममा भरतपुरस्थित कलेज अफ मेडिकल साइन्स अस्पतालमा बिहीबार बिहान सवा ३ बजे मृत्यु भएको हो ।

नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा१०च ४४१३ नम्बरको जीप र विपरित दिशाबाट आउँदै गरेको बा६६प २९६५ नम्बरको मोटरसाइकल राति साढे २ बजे आपसमा ठोक्किएका थिए ।

दुर्घटनामा संलग्न दुवै सवारी साधन र जीप चालकलाई ईलाका प्रहरी कार्यालय मुग्लिनले नियन्त्रणमा लिएको छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप