बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भेनिसमा ५० वर्ष यताकै भीषण बाढीः संकटकालको घोषणा (फोटोफिचर)

बिहीबार, २८ कात्तिक २०७६, १० : २७
बिहीबार, २८ कात्तिक २०७६

करिब ५० वर्षपछि भेनिस सहरमा सबैभन्दा माथिसम्म सामुद्रिक छाल देखिएको छ जसका कारण कम्तीमा दुई जनाको मृत्यु भएको छ । यसमा लाखौं धनमालको अपुरणीय क्षतीसमेत भएको भेनिसका अधिकारीले बताएका छन् ।

सरकारको रेकर्डअनुसार समुद्रको पानी सन् १९६६ मा १.९४ मिटर (६.३६ मिटर बढी) पुगेको थियो । र मंगलबार राती लगभग त्यही हाराहारीमा समुद्रको पानी १.८७ मिटर (६.१३ मिटर) पुगेको थियो ।

प्यालेस्ट्रिनाका एक स्थानीय वृद्धको विद्युतीय पानीको पम्प चलाउने क्रममा चट्याङ लागेर मृत्यु भएको बताइएको छ भने अर्का एक पुरुषको शव घरभित्र भेटिएको जानकारीमा उल्लेख छ ।

भेनिसका ८५ प्रतिशत भु–भाग डुबानमा परेको अधिकारीले जानकारी दिएका छन् । ऐतिहासिक सेन्ट मार्क ब्यासिलिका पनि जलमग्न भएको बताइएको छ ।

भेनिसका मेयर लुइगी ब्रुगनारोले शहर अहिले घुँडामा भएको बताएका छन् । अर्थात् सहरको जमिन आधा भाग पानीमुनी पुगिसकेको छ ।

लुइगोले राज्यमा संकटकालको घोषणा गर्दै सबै स्कूल बन्द गर्न आग्रह गरेका छन् ।

आउटडोर रेष्टुरेन्टका मेच कुर्सी पानीमा तैरिरहेको फोटोमा देख्न सकिन्छ । यसका साथै, मंगलबार ११ बज्नु अघि पानीको सतह ६ फिटसम्म बढेपछि होटलका पर्यटकहरु झ्यालबाट बाहिर निस्कन बाध्य भएका छन् ।

बुधबार मिर्मिरे बिहानैदेखि अधिकारी क्षतीको विवरण निकाल्न व्यस्त छन् ।

‘मेले सान मार्कोमा त्यस्तो दृश्य देखेँ जुन कहिल्यै देख्छु भनेर कल्पना गरेको थिइनँ ,’ मेयर लुइगीले इटालियन स्टेशन रेडियो२४ सँगको कुराकानीमा भने । ‘यो हाम्रो लागि निकै कष्टकर समय हो,’ उनले थपे ।

मेयरले ट्वीट गर्दै यसका लागि जलवायु परिवर्तन र ग्लोबल वार्मिङ (विश्व तापमान) लाई दोष दिएका छन् । यसका साथै उनले लामो समयदेखि रोकिएको समुद्र किनारामा पर्खाल लगाउने योजना पनि कार्यान्वयनका लागि अपिल गरेका छन् ।

पछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अधिकारीसहित आयोजना गरिएको पत्रकार सम्मलेनमा बोल्दै उनले बाढीले अत्यधिक क्षती पुर्‍याएको जानकारी दिए । ‘क्षती लाखौं, करोडौं युरोको भएको छ,’ उनले भने ।

भेनिस घुँडामा छ भन्दै मेयरले बुधबार ट्वीटरमा ब्यासिलिका शहर अन्य विशिष्ठ व्यक्तिसहित अवलोकन गरिरहेको तस्बिरसमेत पोष्ट गरेका छन् ।

उक्त पत्रकार सम्मेलनमा सहरमा हिँड्दा आफूले मानिसहरु रोइरहेको देखेको बताए । उनले भने, ‘मैले मानिसहरु रोइरहेको देखेँ किनभने उनीहरुले आफ्नो सबैकुरा गुमाएका थिए । यदि हामीले सहरलाई एक्लो नबनाउने हो भने हामीले केही प्रश्नका उत्तर दिनैपर्छ । यो क्षतीको विवरण निकाल्नु मात्रै होइन । सहरको भविष्यको बारेमा हामीले सोच्नैपर्छ ।’

भेनिसका पादरीका प्रमुख मोराग्लियाले पनि उनको भनाईमा सहमती जताए । उनले भने, ‘सहरमा जाँदा हामीले निकै हताश व्यक्तिहरु भेट्यौं, उनीहरुले अघिल्लो वर्ष पनि यस्तै विपदको सामना गर्नुपरेको बताएका थिए । उनले क्याथोलिक च्यारिटीले घरबारबिहिनलाई बासको व्यवस्था मिलाएको जानकारी दिए ।

‘शहर अहिले पीडामा छ भन्ने सन्देश सबैले पाउन् भन्ने मेरो चाहना हो तर यही घाउ प्रत्येक वर्ष यसैगरी दोहोरिनु भएन,’ उनले भने ।

Photo: Reuters.com

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप