पारस र सन्दीपविना भारतसँग भिड्दै नेपाल
एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेटमा नेपालले आज (बिहिबार) बलियो प्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशको ढाकामा आयोजित प्रतियोगितामा समूहको पहिलो खेलमा नेपालले भारतसँग खेल्न लागेको हो ।
प्रतियोगितामा नेपालसहित टेस्ट राष्ट्र भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, अफगानिस्तान, ओमान र हङकङले प्रतिस्पर्धा गर्दैछन् । नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा भारत, बंगलादेश र हङकङ छन् । समूह ‘ए’ मा पाकिस्तान, ओमान, श्रीलंका र अफगानिस्तान रहेका छन् ।
नेपालले नोभेम्बर १६ मा हङकङ र समूह चरणको अन्तिम खेल बंगलादेशसँग नोभेम्बर १८ मा खेल्नेछ । समूहको शीर्ष दुई टिम सेमिफाइनलमा पुग्ने छन् ।
सेमिफाइनल र फाइनल खेल मिरपुरमा हुनेछ । युएईले अन्तिममा नाम फिर्ता लिएपछि नेपालले यस प्रतियोगिता खेल्ने मौका पाएको हो । नेपालले इमर्जिङ टिम्स एसिया कप खेल्दा टोलीमा चर्चित दुई खेलाडी छैनन् । पूर्व कप्तान पारस खड्का र सन्दीप लामिछाने युईएमा टी–१० लिग खेल्न गएकाले टोलीमा समावेश नगरिएको हो ।
नेपाली टोली
कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, विनोद भण्डारी, रोहित कुमार पौडेल, ललित नारायण राजवंशी, पवन सर्राफ, सन्दीप जोरा, सुशन भारी, इशान पाण्डे, आरिफ शेख, अविनास बोहरा र कुशल भुर्तेल ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिल्म ‘आँखा’ असार १४ देखि प्रदर्शनमा आउने
-
संविधान र कानुनमा भएको व्यवस्था जनतालाई बुझाउन नसक्दा कार्यान्वयनमा समस्या भयो : मन्त्री शर्मा
-
डढेलो तथा आगलागी पीडितलाई राहत दिन ढिलाइ गरिएको छैन : गृहमन्त्री
-
कतारमा ६२५ नेपाली कामदार अलपत्र
-
अदालतमा धरौटी राखेर रिहा भए दीपेशकुमार पुन
-
रेशमको मुद्दामा मिसिल झिकाउन आदेश