बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

४०.२७ मेगावाटको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सनले बनाउने

बिहीबार, २८ कात्तिक २०७६, ०७ : ५२
बिहीबार, २८ कात्तिक २०७६

लमजुङको मस्र्याङ्दी गाउँपालीका निर्माण हुन लागेको सुपर न्यादी जलविद्युत् आयोजना हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीले बनाउने भएको छ । रन–अफ–रिभर मोडेलमा निर्माण हुन लागेको उक्त परियोजना निर्माणका लागि डेभलपर सिउरी पावर लिमिटेड र कस्ट्रक्सन जेभीबीच सम्झौता भएको हो ।

४०.२७ मेगावाट क्षमताको सो परियोजना ५ अर्ब ८० करोड रुपैयाँमा निर्माण गर्ने सम्झौता भएको हो । सम्झौतानुसार यो आयोजनाको निर्माण चार वर्षमा सकिनेछ र आयोजनाले सन् २०२२ को जुलाई महिनादेखि व्यापारी उत्पादन थाल्नेछ । यो आयोजना निर्माणका लागि ७.५ किलोमिटर टनेल बनाउनेपर्ने हुन्छ । 

यस आयोजनाले जेठदेखि मंसिरमा १६२.१५ गिगावा परआवर विद्युत् उत्पादन गर्ने क्षमता राख्छ भने मंसिरदेखि जेठसम्म ७३.६१ गिगावाट परआवर विद्युत उत्पादन गर्नेछ ।

सिउरी पावर लिमिटेडले  सिउरी खोला हाइड्रो पावर प्रोजेक्ट, हेवा खोला हाइड्रो पावर प्रोजेक्ट र लोवर पिलुवा खोला हाइड्रोपावर प्रोजेक्टको प्रवद्र्धक कम्पनी हो । धौलागीरी कस्ट्रक्सल प्रालि र हाइ हिलमालय हाइड्रो कस्ट्रक्सन प्रालिले संयुक्तरुपमा हिलालय–धौलागिरी कस्ट्रक्सन जेभीलेको नाममा उक्त आयोजना निर्माण गर्न लागेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप