बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

३९ करोड कम मूल्य तोकेर तेस्रोपटक बोइङ बेच्न बोलपत्र आह्वान

बिहीबार, २८ कात्तिक २०७६, ०७ : १२
बिहीबार, २८ कात्तिक २०७६

राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले पुरानो जहाज बोइङ ७५७–२०० बेच्न तेस्रोपटक बेलपत्र आह्वान गरेको छ । 

निगमले आल ग्राउन्डेड अवस्थामा रहेको उक्त विमान बिक्री गर्न आकर्षक छुटसहित तेस्रोपटक सूचना प्रकाशन गरेको हो । 

निगमले यसपटक सुरुको तुलनामा ३९ करोड रुपैयाँ कम मूल्य तोकेको छ । 

यसअघि निगमले सो विमान ८७ करोड ५१ लाख रुपैयाँमा बेच्ने भन्दै मूल्य तोकेको थियो । यो समाचार आजको नागरिक दैनिकमा मिनराज भण्डारीले लेखेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप