के हो बालबालिकामा देखिने बेग्लै खालको मानसिक समस्या ‘मुड स्विङ’ ?
तपाईंले आफ्ना बच्चाको व्यवहारमा फरक पाउनुभएको छ ? छ भने सावधान हुनुहोस्, उनीहरूलाई बेग्लै खालको मानसिक समस्या पनि हुनसक्छ । त्यसलाई मनस्थिति परिवर्तन अर्थात् ‘मुड स्विङ’ भनिन्छ ।
विज्ञहरूका अनुसार यो बच्चाको मानसिकतासँग जोडिएको समस्या हो । अभिभावकलाई आफ्नो बच्चाको यस्तो मनोवृत्तिबारे थाहा छ तर के भएको, उपचार के छ ? यसबारे भने थाहा नभएका कारण पनि कतिपय अभिभावक दिक्क मान्ने गर्छन् ।
पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले बच्चाहरूमा छिनमै रिसाउने, हाँस्ने, भनेको नमान्नेजस्ता समस्या भएमा ‘मुड स्विङ’ हुनसक्ने जानकारी दिए । कतिपयले यस्ता बच्चालाई तह लगाउन गाली गर्ने, डर देखाउने वा कुट्ने गर्छन् तर यस्तो नगरी समयमा नै उपचार गर्नुपर्ने सुझाव उनको छ ।
“अभिभावकले बच्चालाई कुटेर र तर्साएर समस्याको हल हुँदैन,” उनले थपे, “हल नहुने मात्र होइन, त्यसले गम्भीर असर पु¥याउन सक्छ ।” जानकारका अनुसार समस्या बच्चाको होइन, अभिभावकको पनि हुनसक्छ । अभिभावकले नै बच्चाका यस्तो मनस्थितिमा परिवर्तन ल्याउन सक्छन् । बालमनस्थितिलाई त्यसै रूपमा व्यवहार नगरी मेसिन वा यन्त्रका रूपमा व्यवहार गर्दा बालबालिकामा बारम्बार मनस्थिति परिवर्तनको समस्या आउन सक्छ । यो समाचार आजको गोरखापत्र दैनिकमा यलु जोशीले लेखेकी छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘बोक्सीको घर’लाई बोर्डको युनिभर्सल सर्टिफिकेट
-
पूर्व प्रधानमन्त्री खनाल र किरात धर्मगुरु आत्मानन्दबिच भेटवार्ता
-
ह्वाट्सएपसँग प्रतिस्पर्धा गर्न गुगलले ल्यायो नयाँ अपडेट
-
चर्चामा अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल ‘एयरच्याट’
-
आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान
-
मोडल लक्ष्मण भण्डारीले गरे प्रेमिका गीतासँग विवाह