फाल्गुनन्द गाँउपालिका प्रमुखमा आठ जनाको उम्मेदवारी

फिदिम । आगामी मङ्सिर १४ गते हुने स्थानीय उपनिर्वाचनका लागि पाँचथरको फाल्गुनन्द गाँउपालिकाको प्रमुख पदमा आठ जनाको उम्मेदवारी दर्ता भएको छ ।
निर्वाचन अधिकृतको कार्यालय फाल्गुनन्दका अनुसार गाँउपालिकाको प्रमुख पदमा नेपाल कम्युनिष्ट पार्टीबाट (नेकपा) वीरबहादुर कुरुम्बाङ, नेपाली काङ्ग्रेसका वृजहाङ आङ्देम्बे, समाजवादी पार्टीकी विमला आङ्देम्बे, राष्ट्रिय प्रजातन्त्र पार्टीका ससुहाङ चेम्जोङ, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मोतिप्रसाद लिम्बू, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका जीतेन चोम्जोङ, राष्ट्रिय जनमुक्ति पार्टीका इच्छाबहादुर चेम्जोङ र मङ्गोल नेशनल अर्गनाइजेशनका उदय सुनुवारले उम्मेदवारी दर्ता गराएका हुन् ।
बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेद्वारी दर्ताको समय थियो । उम्मेद्वारीको मनोनयनका क्रममा सांस्कृतिक झाँकीसहितको ¥याली निकालिएको थियो । गाँउपालिकामा १६ हजार ५७७ मतदाता छन् ।
हिलिहाङ गाँउपालिका¬–७ को वडाध्यक्ष पदमा छ जनाको उम्मेद्वारी दर्ता भएको छ । वडाध्यक्ष पदमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गेहनाथ रिजाल, नेपाली काङ्ग्रेसका तिलविक्रम इधिङ्गो, राष्ट्रिय प्रजातन्त्र पार्टीका तुलप्रसाद पन्थाक, समाजवादी पार्टीका भुवानीप्रसाद लिम्बू, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तका मुक्तिनाथ खनाल र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धनबहादुर थाम्सुहाङले उम्मेदवारी दर्ता गराएका हुन् ।
फिदिम नगरपालिका–१ को वडाध्यक्ष पदमा सात जनाले उम्मेद्वारी दर्ता गराउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गजाधर भट्टराई, नेपाली काङ्ग्रेसका सुवराज थापा, समाजवादी पार्टीका गौरव लामा, राष्ट्रिय प्रजातन्त्र पार्टीका मिलन गिरी, राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तकी कल्पना राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका वीरबहादुर केरुङ र राप्रपा लोकतान्त्रिककी जानुका थाम्सुहाङले उम्मेद्वारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराईले जानकारी दिए ।
जिल्लामा तीन वटा स्थानीय तह (एक गाउँपालिका अध्यक्ष र दुई वडा अध्यक्ष) का लागि उपनिर्वाचन हुँदैछ । फाल्गुनन्द गाँउपालिकाको अध्यक्ष, फिदिम नगरपालिका–१ को वडाध्यक्ष र हिलिहाङ गाउँपालिका–७ को वडाध्यक्षको निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता गरेका हुन् ।
फाल्गुनन्द गाउँपालिका का अध्यक्ष अमरकुमार नेम्वाङ, फिदिम नगरपालिका–१ का वडाध्यक्ष हर्क मोत्तान र हिलिहाङ गाउँपालिका–७ का वडाध्यक्ष तीर्थ तिम्सिनाको निधन भएका कारण ती स्थानमा निर्वाचन हुन लागेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असन्तुष्टिमा खेल्ने प्रचण्ड र ज्ञानेन्द्रको योजना प्रत्युत्पादक, ओलीलाई हाइसन्चो !
-
नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातिको सवारी आवागमन वैशाख ३१ सम्म रोकिने
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
राज्य दिन चाहँदैन, आन्दोलन बलियो बनाऊँ : शिक्षक महासङ्घ
-
यस्तो छ आज तरकारीको मूल्यसूची, पालुङ्गो, चमसुर र मेथीको सागको मूल्य उच्च
-
जथाभाबी खनिएका सडकले दुर्घटना बढेपछि कर्णाली सरकारले बनायो आफ्नै गुरुयोजना