शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

उपनिर्वाचन : समाजवादी पार्टीले काँग्रेसलाई सघाउने

बुधबार, २७ कात्तिक २०७६, २० : २३
बुधबार, २७ कात्तिक २०७६

मोरङ । मोरङको धनपालथान गाउँपालिकाको एक स्थानमा यही मङ्सिर १४ गते हुने  उपनिर्वाचनमा सङ्घीय समाजवादी पार्टीले नेपाली काँग्रेसलाई सहयोग गर्ने भएको छ । 

दुई पार्टीद्वारा बुधबार यहाँ आयोजित संयुक्त पत्रकार सम्मेलनमा उक्त गाउँपालिका–२ को वडाध्यक्ष पदको उपनिर्वाचनमा काँग्रेसका उम्मेदवार नारायणप्रसाद साहलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल, समाजवादी पार्टीका केन्द्रीय सदस्य भूराज राई, काँग्रेसका जिल्ला अध्यक्ष डिगबहादुर लिम्बू र समाजवादी पार्टीका मोरङ अध्यक्ष राजकुमार यादव र संयुक्त उम्मेदवार साहले समाजवाद र लोकतन्त्रलाई बलियो बनाउन दुवै पार्टीबीच संयुक्त उम्मेदवार चयन गरिएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप