उपनिर्वाचन : धरान उपमहानगरपालिका प्रमुखमा २३ जनाको उम्मेदवारी

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाको प्रमुख र वडा नं ७ का वडाध्यक्ष पदका लागि दलहरुले बुधबार उम्मेदवारी दर्ता गराएका छन् । १३ दलका र १० स्वतन्त्र गरी २३ जनाले नगर प्रमुखमा उम्मेदवार दर्ता भएका हुन ।
बाजागाजासहित आएका नेकपा तथा नेपाली काङ्ग्रेससहितका विभिन्न दलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पञ्चेबाजासहित दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएको नेपाली काङ्ग्रेस भोक्राहा नरसिंह गाउँपालिकाका सभापति युवराज दाहालले बताए ।
धरान उपमहानगरपालिकाको प्रमुख पदका लागि नेकपाका तर्फबाट प्रकाश राई र काङ्ग्रेसका तर्फबाट तिलक राईले उम्मेदवारी दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीबाट गोकर्ण राई, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अमर इजम, राप्रपा संयुक्तबाट कुमार बराइली र साझा पार्टीबाट राजनकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी अमृत राई, मनराज राई, जनार्दन कोइराला र हर्क साम्पाङले स्वतन्त्र रुपबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । निर्वाचन कार्यालयले नेपाली काङ्ग्रेसलाई ११ देखि १२ बजेसम्मको र नेकपालाई १२ बजेपछिको समय दिएको थियो ।
सोही समय सीमामा रहेर नेकपा र नेपाली काङ्ग्रेसका उम्मेदवारले उमेदवारी दर्ता गराएको स्थानीयवासीले बताएका छन् । अन्य दल र स्वतन्त्र उम्मेदवारको विषयमा समय दिएको थिएन । त्यसैगरी ७ नं वडाध्यक्षमा नेपाली काङ्ग्रेसका तर्फबाट सुवर्णमोहन पालिखे र नेकपाका तर्फबाट जीवन सुवेदीले उम्मेदवारी दर्ता गराएका छन् ।
गत निर्वाचनमा धरान उपमहानरपालिकामा प्रमुख पदमा नेकपाका तर्फबाट तारा सुब्बा विजयी भएका थिए ।उनको बिरामीका कारण काठमाडौँ मा उपचारका क्रममा निधन भएपछि प्रमुख पद खाली भएको थियो ।
वडा नं ७ मा नेकपाका तर्फबाट भुवनसिंह मोक्तान विजयी भएका थिए । उनको पनि बिरामी भएका कारण निधन भएपछि सो पद खाली भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
७ महिनामा ५२ करोडको कोदो आयात
-
झापामा रिसाएका नारायणकाजी श्रेष्ठ चितवनमा
-
आज २५ अर्ब रुपैयाँको निक्षेप उपकरण बोलकबोल गर्दै राष्ट्र बैंक
-
पहिलो पटक आपसमा भिड्दै दुई महारथी अस्ट्रेलिया र दक्षिण अफ्रिका
-
विदेशमा अध्ययन पुरा नगरेकालाई काठमाडौँ विश्वविद्यालयले पुनः पढ्न दिने
-
उत्तर कोरियाली ह्याकरले एकै पटकमा चोरे डेढ अर्ब डलरको क्रिप्टोकरेन्सी