शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

गोली लागेर मृत्यु

बुधबार, २७ कात्तिक २०७६, १९ : ०२
बुधबार, २७ कात्तिक २०७६

उदयपुर । उदयपुरको कटारी नगरपालिका–११ गोठडाँडा बस्ने ५९ वर्षीय शङ्कर राउतको गएराति झगडेटार जङ्गलमा गोली लागेर मृत्यु भएको छ ।

रात्रिको समयमा साथीहरुसँग सिकार खेल्न गएको बेला भरुवा बन्दुकको गोली लागेर राउतको मृत्यु भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताए। मृतक राउतसहित ६ जना झगडेटारको जङ्गलमा रात्रिको समयमा सिकार खेल्न गएको बताइएको छ ।

राउतसँग कालिजको सिकार गर्न गएकामध्ये दुई जनालाई बुधबार पक्राउ गरेर अहिले अनुसन्धान शुरु गरिएको र बाँकी फरारको खोजी भइरहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख केसीले बताए।

गोली लागेको विषयमा पनि प्रहरीले अनुसन्धान शुरु गरेको बताएको छ । मृतक राउतको शवपरीक्षणका लागि घटनास्थलबाट कटारी अस्पतालमा ल्याइएको र घटनास्थलबाट एक थान भरुवा बन्दुक बरामद गरिएको प्रहरीले बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप