बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

हरिवंश आचार्यको जन्मदिनमा मदनकृष्णले के भने ?

बुधबार, २७ कात्तिक २०७६, १८ : ४९
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं– हास्य कलाकार हरिवंश आचार्यले बुधबार आफ्नो ६३ औं जन्मदिन मनाएका छन् । आफन्त र नजिकका साथीभाईसँग केट काट्दै उनले जन्मदिनको खुसी साटेका हुन् ।  आचार्यको जन्मदिनको अवसर पारेर रेडियो अडियोले नयाँ बानेश्वरमा एक कार्यक्रम आयोजना गरेको थियो । नेपाली कलाक्षेत्रका हास्य कलाकार उपस्थित कार्यक्रममा हरिवंश निकै भावुक देखिएका थिए ।

उनले थोरै व्यक्तिको समूह मिलेर बनेको महसंचार पछिल्लो समय धेरैको परिवार भएकोमा खुसी ब्यक्त गरे । ‘पहिले महसञ्चार थोरै मानिसहरुको समूह लाग्थ्यो’ उनले भने ‘अहिले सबैको परिवार भएको छ । धेरै खुसी छौ ।’ 

अर्का कलाकार मदनकृष्ण श्रेष्ठले आफ्नो र हरिवंशको मित्रता इतिहास भएको बताए । उनले हरिवंशसँग आफ्नो  मित्रता कसैले पनि छुटाउन नसक्ने बताए । उनले थपे ‘जति बर्ष यो मित्रता रहन्छ । एउटा इतिहास बन्छ ।’ 
कलाकार केदार घिमिरे र दीपाश्री निरौलाले ‘हरि भजन’ प्रस्तुत गरेको कार्यक्रममा किरण केसी, दिपकराज गिरी, कुञ्जना घिमिरे, सन्दिप क्षेत्री, हरिवंशकी पत्नी रमिला लगायतको उपस्थिति रहेको थियो । 
आचार्यको जन्म वि.सं २०१४ साल कात्तिक २७ गते भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप