बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

उपनिर्वाचन : थवाङमा पकड कायम राख्ने विप्लवको रणनीति !

बुधबार, २७ कात्तिक २०७६, १८ : ४५
बुधबार, २७ कात्तिक २०७६

बुटवल । मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी पनि रणनीतिक रुपमा चुनावी मैदानमा उत्रिएको छ । रोल्पाको थवाङ गाउँपालिका वडा नम्बर १ मा हुने उपनिर्वाचनमा विप्लव  नेतृत्वको नेकपाले आफ्नो पडक कायम राख्ने रणनीति  लिएको छ । सोही रणनीति अनुसार  भद्रकुमार झाँक्रीले वाड सदस्यबाट राजीनामा दिएर वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी  दर्ता गराएका छन् । 

उक्त वडामा यसअघि विप्लव नेतृत्वको नेकपा समर्थित स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा विजयी भएका थिए । बुढाको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । पार्टीले आफ्नो पुरानो पकड कायम राख्ने रणनीति अनुसार झाँक्रीको उम्मेदवारी परेको धेरै बुझाइ छ । स्वतन्त्र उम्मेदारी दिएका झाँक्री गएको स्थानीय निर्वाचनमा वडा सदस्यमा निर्वाचित भएका थिए ।

यता सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट जनकबहादुर बुढा र नेपाली काँग्रेसबाट कलमबहादुर रोकाले उम्मेदवारी  दर्ता गराएका छन् । थवाङको चुनावमा सत्तारुढ नेकपा र विप्लव नेकपाको समर्थन पाएका स्वतन्त्र उम्मेदवारबीच नै मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । दल दर्ता नभएका कारणले उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

विप्लव  नेतृत्वको नेकपाले चुवानमा भाग नलिने नीति  लिएको छ । तर झाँक्री र्यालीसहित उम्मेदवारी दर्ता गर्न पुगेका थिए । जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत रमेशप्रसाद ज्ञवालीले उम्मेदवारको नामावली प्रकाशन गरिएको बताए ।

‘विप्लव’ समर्थित स्वतन्त्र उम्मेदवारले आफूलाई अध्यक्षमा समर्थन गर्नुपर्ने अडान राखेका थिए । तर सत्तारुढ नेकपाका स्थानीय नेताहरुले पनि दाबी नछाडेपछि उम्मेदवारी दर्ता गरिएको हो । थवाङको वडा नम्बर १ ठूलोगाउँ विप्लव नेकपाको पकड क्षेत्र मानिन्छ । तर सरकारले पार्टीलाई प्रतिबन्ध लगाएपछि सार्वजनिक रुपमा कार्यक्रम हुने गरेको पाइँदैन ।

घोराही– १६ मा ७ जनाको उम्मेदवारी दर्ता

यता दाङको घोराही उपमहानगरपालिका वडा नम्बर १६ को अध्यक्ष पदका लागि ७ जनाले उम्मेदवारा दर्ता गराएका छन् । राजनीतिक दलका ५ र २ स्वतन्त्र गरी ७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुरेशबहादुर केसी, नेपाली काँग्रेसका ताराबहादुर डिसी, सामाजवादी पार्टीका विमला पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रकाश केसी र मंगोलनेशनलका तर्फबाट पहलमान आलेमगरले उम्मेदवारी दर्ता गराएका हुन् ।

त्यस्तै स्वतन्त्रका तर्फबाट जगलाल चौधरी र समिर वलीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत प्रेम खड्काले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप