सबै काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न निर्माण व्यवसायीको माग

काठमाडौं– नेपाल निर्माण व्यवसायी महासंघले खानेपानी, ढल, विद्युतको पोल र सडक निर्माणको काम एकैसाथ हुने गरी टेन्डर आह्वान गर्न सरकारसँग माग गरेको छ ।
महासंघले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी काठमाडौंको खानेपानी, ढल, विद्युतको पोलको निर्माण कार्य एकसाथ नहुँदा काठमाडौंको सडकको निर्माण कार्य दीगो हुन नसकेको पनि स्पष्ट पारेको छ ।
महासंघका अध्यक्ष रवि सिंहले खानेपानी, ढल र विद्युतको पोलका कारण सडक निर्माणको काम दीगो हुन नसकेको उल्लेख गर्दै त्यसलाई व्यवस्थित बनाउन एकैसाथ निर्माण कार्य पूरा हुने गरी टेन्डर आह्वान प्रक्रिया सुरु गर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नु परेको पनि स्पष्ट पारे । उनले खानेपानीको पाईप र ढलको गुणस्तर नहुदा सडकमा पीच गर्न समस्या हुने गरेको पनि पटकपटक दोहो¥याए ।
महासंघले सार्वजनिक खरिद नियमावली तत्काल संशोधन गरी निर्माण व्यवसायमैत्री बनाउन पनि सरकारलाई दवाव दिँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन प्रतिवेदन सार्वजनिक लेखा समितिमा पेश
-
आईपीएल : मुम्बईको पुनरागमन, लगातार दोस्रो जित
-
लामखुट्टे धपाउन बालेको घुरले आगलागी, पाँच परिवारको विचल्ली
-
हिलो र चिप्लोका कारण दाउन्नेमा यातायात अवरुद्ध
-
एकता महाधिवेशनबाट नेतृत्वका लागि तयार छु : विनोद कुँवर
-
चुनकुमारी हत्या प्रकरण : ६ जना पक्राउ