जनकपुरमा लाग्यो ‘गो ब्याक इण्डिया’ को नारा
बुधबार, २७ कात्तिक २०७६, १८ : ०३

जनकपुर– सत्तारुढ नेकपाको भ्रातृ सङ्गठन राष्ट्रिय युवा सङ्घ धनुषाले भारतले सार्वजनिक गरेको नयाँ नक्सा विरोध गर्दै प्रदर्शन गरेको छ । बुधबार जनकपुरमा सो संगठनले विरोध प्रदर्शन गरेको हो । ‘गो ब्याक इण्डिया’, ‘लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो’ लगायतका नारा लेखिएको ब्यानरसहित युवा संघका नेता कार्यकर्ताहरुले जनकपुर नगरको परिक्रमा गरेका थिए ।
र्यालीमा सहभागीहरुले भारतको ज्यादती र थिचोमिचो सहेर बस्न नसक्ने चेतावनी समेत दिए । प्रदर्शनकारीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विरुद्ध नारा समेत लगाएका थिए । विरोधमा उत्रिएका युवाहरुले पश्चिम नेपालको लिपुलेक, कालापानी, लिम्पियाधुरालगायतको अतिक्रमित क्षेत्र फिर्ता गर्न माग गरेका छन् ।
प्रदर्शनकारीहरुले जनकपुर नगर परिक्रमा गरि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा निर्माण हुने १० परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
-
आईपीएलमा पञ्जावको अपराजित यात्रा कायमै, कप्तान अय्यरको लगातार दोस्रो अर्धशतक
-
ऊर्जा मन्त्रीको जुक्ति प्रभावकारी, मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी
-
१२ बजे, १२ समाचार : संसदको अधिवेशन अन्त्यदेखि पत्रकार रजकको शरीरमा गोली लागेको भेटिएनसम्म
-
पत्रकार रजकको एक्स-रे सम्पन्न, गोली लागेको भेटिएन
-
लाज शरणम्’का बालकलाकार केसीकाे कुपोषणका कारण निधन