केन्द्रीय संस्करण
फोटोफिचर

राजधानीमा सामाचकेवाको रौनक

person explore access_timeकात्तिक २७, २०७६ chat_bubble_outline0

काठमाडौं । तराई क्षेत्रमा थारु समुदायले धुमधामका साथ समाचकेवा पर्व मनाएका छन् ।

यसैक्रममा राजधानीमा बसोबास गर्दै आएका थारु समुदायले पनि धुमधामका साथ सामाचकेवा पर्व मनाएका छन् । 

राजधानीको माइतीघरमा भेला भएका थारु समूदायले यो पर्व मनाएका हुन् । थारु समुदायका दिदी–बहिनीहरुले दाजु भाइको दीर्घायूको कामना गर्दै समाचकेवा पर्व मनाउने पर्छन् । उनीहरुसँगै तराइमा बसोबास गर्ने अन्य  समुदायले पनि दिदीभाइको पर्व समाचकेवालाई उत्साहका साथ मनाएका छन् । 

सबै जातजातिहरुको आ–आफ्नै किसिमका परम्परा र संस्कृतिहरु छन्। संस्कृति तथा सभ्यताका धनी मानिने आदिवासी थारुहरुको पनि आफ्नो अलगै किसिमको परम्परा र संस्कृतिहरु रहेको छ। जसमा ‘समा चकेवा’ पनि एक हो। यो पर्व कार्तिक द्वितिया तिथिदेखि प्रारम्भ भएर शुक्ल पक्ष पूर्णिमाको तिथिसम्‍म मनाउने परम्परा रहिआएको छ।

यसमा समा र चकेवाको प्रतिकको रुपमा राजकुमार ‘चक्रवाक’ र राजकुमारी ‘समा’ तथा अन्य सदस्यहरु जस्तै मिर्दङगिया, झाइलबाला, नटुवा, तितिर, झाँझी कुकुर, भमरा रञ्जित, सतभैया ईत्यादिलाई माटोले उनिहरुको आकृति बनाई डलामा राखेर घर आँगनमा गीत गाइ गाइ घुमाई खेल्ने गर्छन्। यो खास किसिमको व्रत, उपवास र चाँड पर्व होइन। यसलाई एउटा परम्परा, चलन तथा सखी बहैनपा सहित मनोरञ्जन माध्यमको  रुपमा लिने गर्दछन्।

यो परम्परा बिशुद्ध सामाजिक र परिवारिक जमधटको रुपमा रहेको छ।यो परम्परालाई भाई–बहिनी, श्रीमान्श्री–मती, आमा–वुवा र छोरा–छोरीको विचको आत्मियता सहितको स्नेहपूर्ण पारिवारिक सम्बन्ध मजबुत बनाउने परम्पराको रुपमा पनि लिने गरेको छ। 

कमेन्ट

कमेन्ट गर्नेहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

Loading comments...