पिपरा गाउँपालिकाको अध्यक्षका लागि क–कसले गराए उम्मेदवारी दर्ता
जनकपुर । महोत्तरीको पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि १७ जनाको उम्मेदवारी परेको छ ।
मंसिर १४ गतेका लागि तय भएको उपनिर्वाचनको कार्यतालिकाअनुसार बुधबार मनोनयन दर्ताको कार्यक्रम तय गरिएकोमा नेपाल कम्युनिस्ट पार्टी (राजपा), नेपाली काँग्रेस, राजपा नेपालसहित १७ जनाले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
यो गाउँपालिकाका अध्यक्ष विनोद चौधरीको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।
जसअनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तर्फबाट बिक्रम चौधरीले उम्मेदवारी दर्ता गराएका छन् । उनी यसअघि पनि तत्काली नेकपा एमालेबाट गाउँपालिकाको अध्यक्षका लागि चुनाव लडेका थिए । उनी राजपाका उम्मेदवार विनोद चौधरीसँग ७ सय भन्दा बढी मतान्तरले पराजित भएका थिए ।
यसैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबाट रविता चौधरीले उम्मेदवारी दर्ता गराएकी छन् । उनी दिवंगत अध्यक्ष चौधरीकी श्रीमती हुन् ।
यसैगरी समाजवादी पार्टीबाट रामजानकी यादव, नेपाली कांग्रेसबाट विजय कुमार यादव, राष्ट्रिय जनमुक्ति पार्टीबाट इशराजुल धुनिया, राप्रपा संयुक्तबाट सुनिल ठाकुर, नेपाल लोकतान्त्रीक पार्टीबाट राजकिशोर यादव, नेपाल जनता पार्टीबाट रमाकान्त झा, नेपाल जनमत पार्टीबाट अन्जनी देवी मण्डल, इतिहासिक प्रजातान्त्रिक जनता पार्टीबाट शुकराम यादव, राप्रपा नेपालको तर्फबाट श्यामशुन्दर चौधरीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै रामवृज यादव, पुनित अधिकारी, गणेश कुमार यादव, प्रविन चौधरी, प्रदीप कमार यादव र शैलदेवी मण्डलले समेत स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषि मन्त्रालयका सहसचिव बर्खास्तीमा
-
डढेलोमा परेर चरिचरनमा राखिएका मौरीका घार नष्ट, बीमा नहुँदा किसान मर्कामा
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न