शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपडेट : दाउन्नेमा ट्रक दुर्घटना, ट्रक धनी र चालकको मृत्यु

बुधबार, २७ कात्तिक २०७६, १५ : ०२
बुधबार, २७ कात्तिक २०७६

काठमाडौं । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको बर्दघाट नगरपालिका–४ दाउन्नेमा बुधबार बिहान भएको ट्रक दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार दुर्घटनामा ट्रक धनी नवलपरासी बर्दघाट सुस्ता पश्चिमकै सुनवल नगरपालिका–१३ बस्ने २५ वर्षीय बलबहादुर सार्की र ट्रक चालक २९ वर्षीय नरबहादुर गुरुङको मृत्यु भएको हो ।

फलाम बोकेको ट्रक पल्टिएर च्यापिएका दुवैजनालाई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले उद्धारका क्रममा मृत फेला पारेको हो ।

पूर्वबाट फलाम लिएर पश्चिमतर्फ जाँदै गरेको ना४ख ४५०४ नम्बरको ट्रक बिहान साढे ४ बजे सडकबाट करिब २५ मिटर तल खसेको थियो । अप्ठ्यारो स्थानमा खसेका कारण क्रेनको सहायतामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप