शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुरमा टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते

बुधबार, २७ कात्तिक २०७६, १३ : ३८
बुधबार, २७ कात्तिक २०७६

भक्तपुर । भक्तपुरको सुर्यविनायक नगरपालिका–९ बाँसघारी नजिकै बुधबार टिपरको ठक्करबाट मोटरसाइकल चालक घाइते भएका छन् ।

घाइते हुनेमा काभ्रे घर भई भक्तपुरको जगातीमा बस्दै आएका २३ वर्षीय सुमन तिमिल्सिना रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई उपचारको लागि सल्लाघारी स्थित डा. इवामुरा अस्पताल पठाइएको छ ।

बिहान साढे ७ बजे प्रदेश ३–०१–००३ क ४९३५ नम्बरको टिपर र बा८७प ३४७७ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुर्घटनामा संलग्न दुवै सवारी साधन र टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जगातीले नियन्त्रणमा लिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप