केन्द्रीय संस्करण

अवकाशप्राप्त मेजर जनरलले अदालतभित्रै गोली चलाए, वकिलसमेत दुईको हत्या

person explore access_timeकात्तिक २७, २०७६ chat_bubble_outline0
Photo: bangkokpost.com

पुलिसका एक अवकाशप्राप्त मेजर जनरलले भनाभनपछि मंगलबार थाइल्याण्डको अदालत परिसरभित्रै  थुप्रै राउन्ड गोली चलाएका छन् । घटनामा देशकै चर्चित वकिल र उनका सहयोगीको मृत्यु भएको छ ।

मेजर १० वर्ष पुरानो जमिन विवादको निर्णयका लागि अदालत पुगेका थिए । घटनामा अन्य दुई गम्भीर घाइते भएका छन् । गोलीकाण्डपछि अदालतको सुरक्षामा तैनाथ सुरक्षाकर्मीले गोली चलाउने मेजर जनरलको हत्या गरेका छन् । घटना चंथाबुरी प्रान्तको  हो ।

मेजरको १५ सय एकड जमिनको विवाद चलिरहेको थियोः

थाई रथ पत्रिकाका अनुसार न्यायाधीस आउनु अघि नै बिहान करिब ९ बजे मेजर जनरल थानिन चंत्रातिप (६७ वर्ष) र उनका विरोधी पक्षका मानिसहरु अदालतमा उपस्थित थिए । दुई पक्ष १५ सय एकडको १० वर्ष पुरानो विवादित जमिनको फैसलाको प्रतिक्षा गरिरहेका थिए ।

मेजर जनरलले थुप्रै राउन्ड गोली चलाएः

कोर्ट रुममा जनरल चंत्रातिप र वकिल प्लेनटिफबीच भनाभन सुरु भयो । अटोर्नीकी श्रीमती र अन्य दुई–तीन जना पनि झगडामा समावेश भए । विवादको क्रममा जनरलले वकिल र उनका साथीमाथि थुप्रै राउन्ड गोली चलाए । प्लेनटिफ र उनको सहयोगीको घटनास्थलमा नै मृृत्यु भयो भने वकिलकी श्रीमती र अर्का वकिल पनि घाइते भएका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.