बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बंगलादेशका राष्ट्रपति र नेकपा अध्यक्ष प्रचण्डबीच भेटवार्ता, शान्तिप्रक्रियामा खेलेको भूमिकाप्रति प्रचण्डको प्रशंसा

बुधबार, २७ कात्तिक २०७६, १२ : ४२
बुधबार, २७ कात्तिक २०७६

काठमाडौँ । नेपाल भ्रमणमा रहेका बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डबीच भेटवार्ता भएको छ।  

बुधबार बिहान भएको भेटवार्तामा दुईपक्षीय सम्बन्ध र आपसी हितका विविध विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । 

भेटमा बंगलादेशका राष्ट्रपतिले नेपालको शान्तिप्रक्रिया निष्कर्षमा पुर्याउन प्रचण्डले खलेको भूमिकाको प्रशंशा गरेका थिए । 

यस्तै राष्ट्रपतिले आफ्नो पहिलो नेपाल भ्रमणको चर्चा गर्दै नेपाल सुन्दर मुलुक भएको बताए । 

नेपालको विकास, समृद्धि र नेपाली नागरिकको प्रगतिमा बंगलादेश सधैँ सहकार्य गर्न तयार रहेको बताउँदै राष्ट्रपति अब्दुलले आफ्नो  भ्रमणका क्रममा नेपाल र नेपाली जनताले देखाएको सद्भाव र हार्दिकता अविस्मरणीय रहेको बताए । 

यस्तै नेपाल र बंगलादेशको सदियौँ देखिको सम्बन्धलाई अझै नयॉ उचाइमा पुर्याउन दुई देश अझ बढी जिम्मेवार भएर अघि बढ्ने विषयमा पनि दुई राष्ट्रपति अब्दुल र अध्यक्ष प्रचण्डबीच छलफल भएको बताइएको छ । 

चार दिने नेपाल भ्रमणको सिलसिलामा राष्ट्रपति अब्दुल मंगलबार नेपाल आएका थिए । बुधबार बिहान राष्ट्रपति अब्दुल र राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाबीच पनि भेटवार्ता भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप