शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

यसरी मनाइयो महालक्ष्मी जात्रा, तस्विरमा हेर्नुहोस्

बुधबार, २७ कात्तिक २०७६, १२ : ४०
बुधबार, २७ कात्तिक २०७६

चन्द्रागिरी नगरपालिकाको बलम्बुमा धुमधामका साथ महालक्ष्मी जात्रा मनाइएको छ । हरेक वर्ष कार्तिक शुक्ल दशमीका दिन मनाइने महालक्ष्मी जात्रा नेपाल सम्वतको नयाँ वर्षपछि उपत्यकामा मनाइने पहिलो जात्रा हो ।

यस जात्रालाई सिन्दुर जात्रा पनि भने प्रचलन छ। यो जात्रा महालक्ष्मीको मात्र नभएर नारायण, गणेश र भैरवको सामूहिक जात्रा पनि हो।

स्थानीय भाषामा बलम्बुको जात्रालाई लाटिमर, सातापछि थानकोटमा हुनेलाई सकिमरः र एक महिनापछि सतुंगलमा हुने जात्रालाई बखुमरः (सातगाउँले जात्रा) भनिन्छ । जात्रा दुवा गुठीले सञ्चालन गरिन्छ ।

स जात्रामा थानकोटबासी र तिनका पाहुनाहरुको उल्लेखनीय उपस्तिथ रहन्छ । जात्रा हेर्न र भोज खान आफन्तलाई निम्त्युने प्रथा थानकोटबासीहरुको रुचीको विषय नै हो ।

कार्तिक मंसिरमा धानवाली भित्र्याईसकेर बर्स दिनको दख सुख बर्षाजाडो, हिलोहुरी सबै बिसिएर थानकोटबासीहरु यस जात्रामा रमाउने गर्छन् ।

देवदेवीको मेलमिलाप गराइने यो जात्राले मानवजातिमा पनि मेलमिलापको सन्देश दिन खोजिएको बताइन्छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप