राजेश हमालको म्युजिक भिडियो : ‘मैले चोट खाँदा’
बुधबार, २७ कात्तिक २०७६, १२ : ११
काठमाडौं । नेपाली चलचित्र अभिनयबाट हराउँदै गएका अभिनेता राजेश हमाल म्युजिक भिडियोमा देखिन थालेका छन् ।
केही पहिले अभिनेत्री करिश्मा मानन्धर म्यूजिक भिडियोमा देखिएका राजेश अहिले फेरि अर्काे ‘मैले चोट खाँदा’ गीतको भिडियोमा देखिएका छन् ।
रेनु विष्टको स्वर रहेको गीतमा राजेशलाई अभिनय गराउने काम शिव बिकले गरेका हुन् । गीतमा राजेहको अलवा कमला ढकाल, आस्मा अधिकारी लगायतको अभिनय रहेको छ ।
लोकराज अधिकारीको शब्द तथा हरि लम्सालको संगीत रहेको गीतको छायाँकार रामेस्वर कार्की हुन् ।