माछा मार्दा करेन्ट लागेर एकको मृत्यु
बुधबार, २७ कात्तिक २०७६, ०९ : ४४
पश्चिम नवलपरासीमा करेन्ट लागेर एक युवतीको मृत्यु भएको छ भने एक युवक घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार जिल्लाको बर्दघाट नगरपालिका–१४ की १८ वर्षीया रीङ्कला विकको माछा मार्ने क्रममा करेन्ट लागेर मङ्गलबार मृत्यु भएको हो । घरबाट बिजुलीको तार लगाएर स्थानीय खजुराखोलामा माछा मार्ने क्रममा एक्कासी उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
करेन्ट लागेर सोही ठाउँका २६ वर्षीय शङ्कर विक घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अख्तियारले चलायो ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
-
भारतीय अमेरिकी संगीतकार चन्द्रिका टन्डनले जितिन् ग्रामी अवार्ड
-
जापानमा नेपाल एयरलाइन्सको जहाज बिग्रियो, ममर्तबारे छलफलमा निगम
-
निकासी पैठारी सम्बन्धी विधेयक प्रतिनिधिसभामा दर्ता
-
मेरी आमाको दुर्घटना र मेरो जन्म
-
बढुवा भएका ३७ एसपीहरूको पदस्थापन, को–कहाँ ? (सूचीसहित)