शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

आजको सम्पादकीय : कालापानीमा चाहिएको कूटनीतिक अग्रसरता, राष्ट्रवादको परीक्षा

बुधबार, २७ कात्तिक २०७६, ०७ : ४८
बुधबार, २७ कात्तिक २०७६

आज प्रकाशित दैनिक पत्रिकाले भारतले आफ्नो नक्सामा नेपाली भूभाग समेटेर आम नेपालीको भावनामा चोट पु¥याएको उल्लेख गर्दै त्यस्तो भारतीय कार्यलाई सच्चाउन आग्रह गर्दै सम्पादकीय लेखेका छन् ।

भारतले नेपालको कालापानी क्षेत्रलाई  आफ्नो मिसानाभित्र पर्ने गरी नयाँ राजनीतिक नक्सा जारी गरेपछि लामो समयदेखि नेपालीहरुको भावनामा ठूलो ठेस पु¥याएको उल्लेख गर्दै आजको कान्तिपुरको सम्पादकीयमा ‘प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारतीय समकक्षी नरेन्द्र मोदीसित प्रत्यक्ष संवाद थालेर समस्याको समाधानको प्रक्रिया थाल्न आरम्भ गर्नुपर्छ’ भनिएको छ । नेपाल–भारतबीच सीमा समस्या समाधान गर्ने यो उचित अवसरको सदुपयोग गर्नबाट प्रधानमन्त्री चुक्नु नहुने उल्लेख गरिएको छ ।

भारतले नेपाली भूमिसहित राजनीतिक नक्सा सार्वजनिक गरेपछि नेपाललाई अखण्डता र राष्ट्रिय सुरक्षामा आफ्नो पहिचान स्थापित गर्ने अवसर जुरेको उल्लेख गर्दै आजको अन्नपूर्ण पोस्ट्ले सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –राष्ट्रवादको छवि बनाउन सफल भएका प्रधानमन्त्री केपी शर्मा ओलीको पनि अग्नीपरीक्षा हुनेछ ।

सर्वोच्च, उच्च र जिल्ला अदालतले गरेका हजारौं फैसला लामो समयदेखि कार्यान्वयनमा नआएको भन्दै राजधानी दैनिकले कानुनी शासनको प्रत्याभूति गराउन आग्रह गरेको छ । सरकारी कार्यालयले फैसाला कार्यान्वयन गर्न तत्परता नदेखाएको उल्लेख गर्दै यस दैनिकले ‘अदालतको फैसाला कार्यान्वयनमा ल्याउ’ शीर्षकमा आजको सम्पादकीयमा लेखेको छ ।  सरकाले वर्षौदेखि कार्यान्वयन गर्न नसकेका फैसला कार्यान्वयन गर्न आवश्यक रणनीति बनाउने सुझाव समेत दिइएको छ ।

आजको गोरखापत्र दैनिकले ‘बढी शुल्कको समाधान’ शीर्षकमा कानुन र निर्देशनको अधीनमा रही मेडिकल कलेजका सञ्चालकको आफ्ना क्रियाकलपा गर्नुपर्नेमा जोड दिइएको छ । पटकपटक सरकारले आग्रह गर्दा पनि सरकारले दिएको निर्देशन पालना नगरेको उल्लेख गर्दै सम्पादकीयमा भनिएको छ –कलेज वा कुनै पनि व्यावसायिक प्रतिष्ठान सञ्चालनार्थ सम्बन्धित निकायमा दर्ता गर्दा हाल प्रचलनमा रहेका र भविष्यमा बन्ने कानुनको अधिनमा काग गर्नु नै हितकर हुनेछ ।

त्यसैगरी नेपाल समाचारपत्र दैनिकले पनि ‘सरकारको जनपक्षीय निर्देशन’ शीर्षकमा मेडिकल कलेजले तोकेभन्दा बढी शुल्क लिएको भन्दै एमबिबीएसमा अध्ययनरत विद्यार्थीसँग लिइएको बढी शुल्क फिर्ता गर्न आग्रह गर्दै सम्पादकीय खेखिएको छ । सम्पादकीयमा सरकारले आफ्नो जनपक्षीय निर्णयलाई पनि कार्यान्वयनमा लगेर जनताको घाउनमा मलम लगाउन प्रयास गर्नुपर्नेमा जोड दिइएको छ ।

यता नागरिक दैनिकले सल्लाहकार नियुक्त गर्दा आफन्त वा कुनै चाकडी पु¥याएकालाई भन्दा पनि योग्य व्यक्तिलाई राख्ने परिपाटी थालना गर्न सुझाव दिँदै सम्पादकीय लेखेको छ । सम्पादकीयमा भनिएको छ –सल्लाहकार समूह सही भएन भने त्यसले चाकडी, चुक्ली र चाप्लुसीमै आफूलाई लगाउनुपर्ने हुन्छ । यस्तो स्थितीले गर्दा नियुक्तिकर्ता सँधैं अँध्यारोमा रहनुपर्ने अवस्था आउँछ ।

त्यस्तै आज प्रकाशित आर्थिक दैनिकले ‘गेम चेन्जर’ आयोजनाको छनोट गरेर आगामी आर्थिक वर्षको बजेट ल्याउन सुझाव दिएको छ । आज प्रकाशित कारोबार दैनिकले आउँदो बजेटबाट कार्यान्वयन हुने गरी देशको आर्थिक अवस्थालाई नै परिवर्तन गराउन सक्ने आयोजना ल्याउनुपर्नेमा जोड दिइएको छ । अर्को दैनिक पत्रिका आर्थिक अभियानले ‘पयर्टन आगमनमा झिनो वृद्धि’ शीर्षकमा सम्पादकीय लेख्दै गुणस्तरीय पर्यटक भित्राउन सल्लाह दिएको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप